बिहिवार, श्रावण ११ २०८०
साउन, ११ काठमाडौँ । काठमाडौ महानगर वडा १४ कलंकी चोक्कैमा अवस्थित एडमार्क एकेडेमी शिक्षण सिकाइ तथा गतिविधिको लागी परिचित छ। सुबिधा सम्पन्न भौतिक संचरना उत्कृष्ट ब्यबस्थापन र शैक्षिक ब्याक्तित्वहरुद्वारा संचालित उक्त एकेडमी SEE उत्तीर्ण गरेपछिको आकर्षक गन्तव्य समेत बनेको छ।

बि.सं. २०५६ मा स्थापना भएको यस एकेडेमीले मन्टेश्वरी देखी स्नातकोत्तर तहहम्म अध्ययन अध्यापन गर्दै आएको छ। सर्वशुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस एकेडमीले कक्षा ११ र १२ मा Science, Management, Humanities र Law संकायका सबै विषय अध्ययन अध्यापन गर्दछ भने स्नातक तहमा BBS, BA, BSW, र BCA तथा स्नातकोत्तर तहमा MBS बिषय अध्ययन अध्यापन गर्दै आएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने माध्यमिक शिक्षा परिक्षा कक्षा १० (SEE) र कक्षा १२ को परीक्षामा हरेक बर्ष उत्कृष्ट नतिजा ल्याउने गरेको यस एकेडेमीमा करिब ३ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन्।
योग्य र अनुभवी दक्ष शिक्षकहरूबाट उत्कृष्ट शिक्षण पद्धति र विद्यार्थीलाई श्रव्यदृश्य सामाग्रीबाट अध्यापन गराउनुका साथै सामूहिक छलफल, सहायक पाठ्यसामग्री, सन्दर्भ पुस्तकहरू, पत्रपत्रिकाबाट विषयबस्तुहरू छनोट गर्दै सिपयुक्त दक्ष जनशक्ति र विशेषज्ञ उत्पादन गर्न मद्दत गरेको छ।

स्कुल/कलेजमा समय समयमा अभिमुखीकरण तालिम, अभिभावक भेला, कार्यशाला, फिल्ड रिसर्च गरी सिकाइलाई व्यवहारिक र जीवनउपयोगी बनाउन विद्यार्थीलाई पढाइमा सक्रिय सहभागी गराउदै प्रोजेक्टमा आधारित कार्यगत जिम्मेवारी गराइन्छ।
एस एकेडेमीले जेहेन्दार तथा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने साथै आर्थिक रुपमा विपन्न, पिछडिएको क्षेत्रबाट आउने, सहिदपरिवार लगाएतका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। त्यसैगरी कक्षा ११ र १२ मा मेडिकल, इन्जिनियरिङ र व्यवस्थापन अध्ययनका अवसरहरूबारे परामर्श, व्यावसायिकता सम्बन्धि थप कक्षा सञ्चालन गर्ने गरेको छ।

स्कुल/ कलेजमा शिक्षण सिकाइलाइ थप प्रभावकारी बनाउन डिजीटल लाइब्रेरी, बिज्ञान तथा कम्प्युटर ल्याब, स्पोर्ट्स क्लबहरु सञ्चालनमा छन्। त्यसैगरी विद्यार्थीहरुको सर्बाङ्गिण बिकसका लागी पढाईका साथसाथै खेलकुद (बास्केटबल, क्रिकेट, ब्याडमिन्टन, टेबलटेनिस, फुटबल, भलिबल) गायन,नृत्य, चित्रकला, बक्तृत्वकला, हाँजिरिजवाफ लगाएत बिबिध क्रियाकलापहरुमा समेत विशेषज्ञ जोड दिने गरेको छ। यसएकेडेमीले प्रतिभालाइ सम्मान गर्दै कक्षा ११ मा भर्ना हुदा समेत विभिन्न कृयाकलापमा रुचि भई त्यस क्षेत्रमा लाग्ने विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको ब्यबस्था समेत गर्ने गरेको छ।
काठमाडौको कलंकिमा रहेको एड-मार्क एकेडेमी मध्यम तथा न्यून आय भएका उपत्यका बाहिरबाट आउने अभिभावक तथा विद्यार्थीहरुको लागि अत्यन्तै सहज हुने गरेको त्यहा अध्ययनरत विद्यार्थीहरुको बुझाइ छ।