Jul 27 2026 | २०८३, श्रावण ११ गते

एभरेस्ट इनोभेटीभ कलेजद्वारा विद्यार्थीलाई अभिमुखिकरण

एभरेस्ट इनोभेटीभ कलेजद्वारा विद्यार्थीलाई अभिमुखिकरण

  • 2.0K
    SHARES

  • एभरेस्ट इनोभेटीभ कलेजद्वारा विद्यार्थीलाई अभिमुखिकरण

    साउन, १३ गते काठमाडौ । एभरेस्ट इनोभेटिभ कलेज कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको छ। काठमाडौ महानगर १३ मा अवस्थित EIC ले आज शनिवार एक कार्यक्रमका बिच स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरेको हो।

    IMG-20230729-WA0004.jpg

    कलेजले आयोजना गरेको अभिमिखिकरण कार्यक्रमको संचालन ब्यबस्थापन कोर्डिनेटर गोपाल प्रसाद दुलालले गर्नुभयो भने। कार्यक्रमको सभापति कलेजका प्रिन्सिपल दिपक कुमार झाले गर्नुभयो। त्यसैगरी कार्यक्रममा प्रमुख अतिथी EIC नेटवर्कका अध्यक्ष शंकर दुलाल, अतिथिहरु कलेजका सिईओ CEO हरि प्रसाद काफ्ले, कलेजका प्रशासन प्रमुख राम प्रसाद पौडेल ,साइन्स कोर्डिनेटर सुदर्शन श्रेष्ठ, ब्याचलर कोर्डिनेटर किशेर काफ्ले, HOD लगाएत स्कुल कलेजका शिक्षक कर्मचारिको उपस्थिती रहेको थियो। IMG-20230729-WA0012.jpg

    अभिमुखिकरण कार्यक्रममा साइन्स कोर्डिनेटर सुदर्शन श्रेष्ठले स्वागत मन्तव्य राख्नुभयो। उहाँले विद्यार्थीहरुको सफलताको लागि बाताबरण निर्माण गर्ने बताउनुभयो। त्यस्तै ब्याचलर कोर्डिनेटर किशोर काफ्लेले विद्यार्थीहरु समस्याबट भाग्न नहुने बरु समस्या संग जुध्नुपर्ने भन्दै कठिन मिहेनत गरेर अघि बढ्न सुझाव दिनुभयो।

    IMG-20230729-WA0011.jpgIMG-20230729-WA0007.jpg

    अभिमुखिकरण कार्यक्रममा EIC नेट्वोर्कका अध्यक्ष शंकर दुलालले विद्यार्थीहरु आफ्नो उदेश्य प्रती प्रतिबद्ध हुनुपर्ने बताउनुभयो। कलेजले विद्यार्थीहरुको पढाइप्रती कतिपनि कन्जुस्याइँ गर्न नहुने भन्दै अनुशासन पालना गर्नेहो भने मात्रै आजको पुस्ताको माग र गुणस्तर पूरा गर्न सक्छौ। उहाँले पढाई प्रतिको अनुशासन पालना गर्न अफ्ट्यारो मान्ना नहुने भन्दै त्यसले विद्यार्थीको शैक्षिक भविष्यको लागी फाइदा हुने बताउनुभयो। उहाँले विद्यार्थीहरुको रिजल्टमा मुख्य ध्यान दिने छौ।

    IMG-20230729-WA0003.jpg

    त्यसैगरी एभरेस्ट इनोभेटिभ कलेजका CEO हरिप्रसाद काफ्लेले कलेजको शैक्षिक वातावरण र विद्यार्थीहरुले गर्नुपर्ने कामहरुको बारे संक्षिप्त जानकारी दिनुभयो। उहाँले विद्यार्थीहरुलाइ सामाजिकिकरण गर्नकोलागी वातावरण प्रदान गर्ने बताउनुभयो। विद्यार्थीहरुले बिषय छान्दा ध्यान दिने कुरा र आगामी भविस्यमा आफुलाई पढ्न रुचि भएको बिषय छान्नका लागि महत्त्वपूर्ण सुझाव दिनुभयो। विद्यार्थीहरुले गृहकार्य, कक्षाकार्य, विभिन्न प्रोजेक्ट कार्यहरु नियमित अनिवार्य गर्नुपर्ने भन्दै विद्यार्थीले गरेका कार्यहरू कक्षा शिक्षक र कोर्डिनेटर मात्रै होइन कलेजको प्रशासन आफै मुल्यांकन गर्ने बताउनुभयो।

    IMG-20230729-WA0006.jpg

    CEO काफ्लेले कलेजले हरेक आइतबार विद्यार्थीहरुको परीक्षा लिने र शुक्रवार नतिजा दिने कार्य गर्दै विद्यार्थीले गरेको प्रगतिको बारे अभिभावकहरुलाइ जानकारी दिने बताउनुभयो। त्यसैगरी इआइसिले रिजल्ट राम्रो नआउने विद्यार्थीहरुको लागि अतिरिक्त कक्षा संचालन गर्ने, त्यतिले पनि नहुदा डे बोडर्स को समेत ब्यबस्था गर्ने भन्दै विद्यार्थीहरुको भविष्य निर्माणमा कुनैपनी कन्जुस्याइँ नगर्ने बताउमु भयो।

    त्यस्तै इआइसीका प्रशासन प्रमुख रामप्रसाद पौडेलले विद्यार्थीले कलेजमा पालना गर्नुपर्ने अनुशासनका बारे अभिमुखिकरण गर्नुभयो। NEB नियम अनुरुप विद्यार्थीहरु ९० प्रतिशत अनिवार्य उपस्थित भएको हुनुपर्ने भन्दै विद्यार्थीहरु कलेजको अनुशासन निसर्त पालना पर्नुपर्ने बताउनुभयो । विद्यार्थीहरु कलेज हाता भन्दा बाहिर ड्रेस लगाएर अनर्गल, अस्वभाविक कार्यहरू गर्ने, जाँडरक्सी, गुठ्का, सुर्ती खाने र हिंसामा सामेल भएको पाइए अभिभावकलाई बोलाएर कानुन बमोजिम दन्डित गर्दै जिम्मा लगाउने प्रशासन प्रमुख पौडेलले बताउनुभयो ।

    IMG-20230729-WA0008.jpg

    विद्यार्थीहरुको शिक्षण सिकाइ क्रियाकलापमा कुनै बाधा अडचन आउने कार्य भए कलेज प्रशासनले समाधान गर्ने भन्दै शिक्षाको गुणस्तरमा कुनैपनी सम्झौता नगर्ने बताउनुभयो। २१ औं सताब्दिको बैज्ञानिक युग भएकोले विद्यार्थीहरु बढी सिर्जनात्मक हुनुपर्ने भन्दै सिक्ने कुरामा विद्यार्थीहरुले नक्कल गर्न नहुने बरु त्यसको लागि विद्यार्थीहरुलाइ जस्तोसुकै सुबिधा दिन तयार रहेको पौडेलले बताउनुभयो।

    कार्यक्रमको समापन सभापति दिपक कुमार झाले विद्यार्थीहरुलाई ब्यबस्थापकिय सिप, नेतृत्व बिकास गर्न बिशेष जोड दिने बताउनुभयो। त्यस्तै उहाँले विद्यार्थीहरुको सपना पुरागर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

    IMG-20230729-WA0002.jpg

    एभरेस्ट इनोभेटिभ कलेहले हरेक कक्षामा ४० जना विद्यार्थी राखेर पढाउने गरेको छ । कलेज बिहानी सिप्टको लागि बिहान ६:३० देखि कक्षा संचालन हुने छ। भने दिउँसो 10 बजे देखि संचालन हुनेछन।

    IMG-20230729-WA0009.jpgIMG-20230729-WA0001.jpg

     

    images
    शनिवार, श्रावण १३ २०८०१२:५५:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार