Jul 27 2026 | २०८३, श्रावण ११ गते

जुबिलेन्ट कलेजको अभिमुखिकरण कार्यक्रम सम्पन्न

जुबिलेन्ट कलेजको अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • 1.5K
    SHARES

  • जुबिलेन्ट कलेजको अभिमुखिकरण कार्यक्रम सम्पन्न

    साउन, १८ गते काठमाडौ । जुबिलेन्ट कलेजको कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको छ। काठमाडौ महानगरपाकिका,१३ कालिमाटीमा अवस्थित उक्त कलेजले बिहिबार एक भब्य कार्यक्रमका बिच अभिमुखिकरण कार्यक्रम गरेको हो।

    IMG-20230803-WA0001.jpg

    कार्यक्रमको संचालन कलेजका कोर्डिनेटर बिनय अर्यालले गर्नुभयो। कलेजका अध्यक्ष होमनाथ लुइँटेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा मुख्य अतिथिका रुपमा कलेजका सल्लाहकार डा. स्वागत श्रेष्ठ उपस्थिति रहेकाे थियाे। कलेजका एकेडमीक डाइरेक्टर डा. रुमी चन्दले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत मन्तब्य दिनुभयो ।FB_IMG_1691076714460.jpg

    अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथि स्वागत श्रेष्ठले मानिसहरुले बिकास गर्नुपर्ने आनिबानी र व्यबहार (Habits) को बारे विद्यार्थीहरुलाई मोटिभेसन गर्नुभयो। उहाँले 'Habits can be changed in life' भन्दै हरेक कुरालाइ सकारात्मक तरिकाले सोच्ने र उत्कृष्ट चाहना राख्ने हो भने असम्भव भन्नेकुरा केही नहुने बताउनुभयो।

    20230803_115956.jpg

    उहाँले विद्यार्थीहरुलाई धेरै मानिसको सहयोगको कारण सफलता हाँसिल गर्ने हुनाले हमिलाइ सहयोग गर्ने सबैलाइ सम्मान र आदर गर्दै धन्यवादको भागेदारी बनाउनु पर्ने बताउनुभयो। आफुले देखे जति कुराहरु गर्न नसकिने भन्दै उहाँले आफ्नो रुचि भएको बिषयमा राम्रो संग दखल राख्नुपर्ने कुरामा जोड दिनुभयो।

    विद्यार्थीहरुले बिहान छिटो उठ्ने र आफैले आफैलाइ सकारात्मक मुल्यांकन गर्दै आफ्नो कामहरुलाई अगाडि बढाउदा सिक्ने कुराप्रती थप उर्जा मिल्ने बताउनुभयो। त्यसैगरी विद्यार्थीहरु हरेक कुरामा स्मार्ट रहनुपर्ने समेत बताउनुभयो।

    IMG-20230803-WA0004.jpg

    श्रेष्ठले हरेक दिन केहि न केही पढ्ने बानी बसालौ। पढाइलाई बानी (habit) मा बिकास गरौ। भन्दै कक्षा ११ का विद्यार्थीहरुलाई आफुले कुन बिषय पढ्न रुचि छ त्यस बिषयलाई छानेर पढ्न र त्यो भन्दा बाहेक पनि मानिसलाई रुचि हुन्छ र त्यसको लागि समेत समय छुट्याउनु सुझाव दिनुभयो।

    FB_IMG_1691076721952.jpg

    अभिमुखिकरण कार्यक्रममा कलेजका प्रिन्सिपल ऋषि न्यौपानेले विद्यार्थी संग भएका कमजोरीहरु पत्ता लगाउने र कमजोरी हटाउन इरेजरको काम गर्ने बताउनुभयो। उहाँले SEE मा जस्तो ग्रेड भएपनि अब यसलाई गुणात्मक वृद्धि गर्न कठिन मिहेनत गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो। जुबिलेन्टले विद्यार्थीहरुको Confidence बिकास गर्ने भन्दै Passive Learners होइन Active Learners बन्नु पर्नेमा जोड दिनुभयो। उहाँले कक्षा कोठामा नजानेको कुरा सोध्न सक्ने हुनुपर्ने भन्दै विद्यार्थीहरु फेल हुने छुट नभएको बताउनुभयो।

    20230803_135112.jpg

    अभिमुखिकरण कार्यक्रममा अंग्रेजी शिक्षक आयुस थापा, नेपालि भाषा साहित्यका शिक्षक राम घिसिङ, नेपाली कै बिमला दाहाल, सामाजिक शिक्षक मेक राना, अर्थशास्त्रका शिक्षक राजेन्द्र रेग्मी, ब्यबस्थापन संकाय सुवास बराल, मानविकी संकाय हरिशरण रेग्मी, बिज्ञान बिभाग प्रमुख नरेश खनाल, महेन्द्र थापा, नवीन श्रेष्ठ, सलिना खड्काले अभिमुखिकरण गर्नुभयो।

    FB_IMG_1691076706936.jpg

    अभिमुखिकरण अन्त्यमा कार्यक्रमको समापनमा कलेजका अध्यक्ष तथा सभापति होम नाथ लुइँटेलले विद्यार्थीहरुले आजैबाट आफुलाई सिकाइमा सहभागी गराउनुपर्ने बताउनुभयो । लुइँटेलले विद्यार्थी मात्रै राम्रो भएर हुदैन कलेज र पढाउने शिक्षकहरु समेत राम्रो हुनुपर्छ भन्दै जुबिलेन्ट कलेजमा दक्ष शिक्षकहरुले अध्यापन गर्दै आएको जानकारी दिनुभयो। त्यस्तै उहाँले जुबिलेन्ट कलेजमा एउटा कक्षामा बसेर पढ्नको लागि कलेजबाट पाउनुपर्ने सबै सुबिधाहरु विद्यार्थीहरु दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    20230803_142944.jpg

    एक अर्को प्रसंगमा अध्यक्ष लुइँटेलले कलेजमा विभिन्न खेलकुद क्लबहरु रहेको भन्दै विद्यार्थीहरु आफुलाई रुचि हुने खेलकुदमा समेत सक्रिय सहभागी हुनुपर्ने बताउनुभयो। त्यसैगरी उहाँले जुबिलेन्ट कलेजले शुक्रवारलाई ECA Day बनाउने तयारी गरेको बताउनुभयो।

    अभिमुखिकरण कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नित्यहरु प्रस्तुत गरेको थियो। जुबिलेन्ट कलेजले कक्षा ११ को नियमित कक्षा संचालन आगामी साउन २१ गते आइतबार देखि गर्ने भएको छ।FB_IMG_1691076742186.jpgFB_IMG_1691076751877.jpgFB_IMG_1691076749477.jpgFB_IMG_1691076728830.jpg

    IMG-20230803-WA0006.jpgIMG-20230803-WA0003.jpg

     

    कलेज बारे बिस्तृत जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुस्।

    FB_IMG_1691070672325.jpg

     

    images
    बिहिवार, श्रावण १८ २०८००७:०२:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार