Jul 27 2026 | २०८३, श्रावण ११ गते

माइलस्टोन युथ स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाइ तथा सम्मान।

माइलस्टोन युथ स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाइ तथा सम्मान।

  • 1.4K
    SHARES

  • माइलस्टोन युथ स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाइ तथा सम्मान।

    साउन,२१ काठमाडौ । माइलस्टोन युथ इङ्लिस स्कुलद्वारा एसईई (SEE) २०७९ मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ। नागार्जुन नगरपालिका, ७ रामकोटमा अवस्थित उक्त स्कुलले SEE मा सहभागी ३३ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो।

    FB_IMG_1691299244870.jpg

    सम्मान कार्यक्रम स्कुलका भाइस प्रिन्सिपल दिनेश भट्टराईले संचालन गर्नुभयो। कार्यक्रमको अध्यक्षता स्कुलका संचालक समितिका अध्यक्ष बिनय गिरीले गर्नुभयो। उक्त कार्यक्रममा नागार्जुन नगरपालिका अन्तर्गत वडा ७ का अध्यक्ष शैलेन्द्र लामा प्रमुख अतिथि रहनुभयो भने स्कुलका संस्थापक प्रिन्सिपल शिवराम गिरी, सिताराम बिद्यालयका प्रधानाध्यापक प्रदिप पुरी , संचालक समितिको सल्लाहकार युवराज न्यौपाने लगाएत शिक्षक कर्मचारीहरुको उपस्थित रहेको थियो।FB_IMG_1691252507014.jpg

    कार्यक्रममा एसईईमा सबैभन्दा राम्रो नतिजा ल्याउन सफल सिम्रन गिरीलाई स्कुलले नगद ५ हजार सहित प्रमाणपत्र र ट्रफि प्रदान गर्यो। त्यसैगरी स्कुलका प्रिन्सिपल शिवराम गिरिले ब्यक्तिगत रु ५ हजार नगदसहित प्रमाणपत्र दिएर सम्मान गर्नुभयो। गिरिले SEE मा ३.९२ GPA ल्याएकी थिन। त्यसैगरी SEE मा उत्तीर्ण सबै विद्यार्थीहरुलाई सम्मान गरेको छ।

    FB_IMG_1691252469494.jpg

    बधाई तथा सम्मान कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल शिवराम गिरीले विद्यार्थीहरुले हाँसिल गरेको नतिजा उत्कृष्ट रहेको बताउनुभयो। उहाँले स्कुलले औसत ३.४९ नतिजा हासिल गरेको र आगामी दिनमा अझै धेरै मिहिनेत गर्दै जाने बताउनुभयो। उहाँले विद्यार्थीहरु अहिले राम्रो नतिजा छ भनेर ढुक्क भएर बस्न नहुने बरु आगामी दिनहरुमा आउने चुनौती संग जुध्न कठिन मिहेनत गर्नुपर्ने बताउनुभयो । त्यसैगरी उहाँले अभिभावकहरुलाई जसरी बिद्यालयमा पढ्दा तपाइले आफ्नो बच्चाको केयर गर्नुभयो त्यसैगरी कम्तिमा ११ र १२ सम्म केयर गर्नुपर्ने बताउनुभयो। साथ र संगतिको कारण विद्यार्थी बिग्रेका धेरै उदाहरण छन त्यो कुरामा अभिभावकको जिम्मेवारी ठूलो धारणा राख्नुभयो।

    FB_IMG_1691289075103.jpg

    बधाइ तथा सम्मान कार्यक्रममा स्कुल संचालक समितिका सल्लाहकार युराज न्यौपानेले SEE उत्तीर्ण विद्यार्थीहरुले बा र आमाले दिएको शिक्षा र उनिहरुको सपना कहिले भुल्न नहुने भन्दै उनिहरुको सपना र आफ्नो लक्ष्य पूरा गर्न विद्यार्थीहरुले अथक मिहेनत गरेर पढ्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो।

    एक अर्को प्रसंगमा राज्यले निजि स्तरमा चलेका बिद्यालयहरुलाई पनि सामुदायिक सरहकै ब्यवहार गरिनुपर्ने धारणा ब्यक्त गर्नुभयो । त्यस्तै समाजमा धेरै मानिसहरु साक्षर नभएको प्रती इङ्कित गर्दै असाक्षर हुने कारणको दोष केन्द्रिय राज्यको मात्रै नभई वडाध्यक्षहरुको पनि हो भन्दै उहाँहरुले अब त्यसको डाटा बनाएर नागरिकहरुलाई साक्षर बनाउनु पर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा प्रमुख अतिथी तथा नागार्जुन नगरपालिका वडा ७ का वडा अध्यक्ष शैलेन्द्र लामाले सामुदायिक र संस्थागत बिद्यालयलाई समान दृष्टिले हेर्नुपर्ने भन्दै संस्थागत बिद्यालयलाई भएको समस्या स्थानिय तहबाट समाधान गर्ने बताउनुभयो। उहाँले माइलस्टोन स्कुल यस भेगकै उत्कृष्ट रहेको भन्दै आगामी दिनमा कक्षा ११ र १२ संचालन गर्न पहल गर्ने बताउनुभयो।

    त्यसैगरी कार्यक्रमका सभापति तथा स्कुलका अध्यक्ष बिनय गिरीले उत्कृष्ट नतिजा ल्याएर एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बधाई तथा आगामी भविष्यको सफलताको शुभकामना ब्यक्त गर्नुभयो।

    FB_IMG_1691247575013.jpgFB_IMG_1691252459948.jpg

     

    images
    आइतवार, श्रावण २१ २०८०११:०४:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार