मंगलवार, श्रावण २३ २०८०
साउन, २३ काठमाडौ । प्राबिधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका छात्रछात्राहरुलाई प्रि-डिप्लोमा तथा डिप्लोमा तहमा नि:शुल्क अध्ययन गर्न प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रममा प्रवेश परीक्षाका लागि आवेदन फाराम माग गरेको छ।
सिटिइभिटिले आर्थिक बर्ष २०८०/८१ को बजेट तथा कार्यक्रम ब्यबस्था भए बमोजिम प्रादेशिक सन्तुलन कायम हुनेगरी दलित, मुस्लिम, बिपन्न र सीमान्तकृत समुदायका छात्रछात्राहरूलाई प्रि-डिप्लोमा र डिप्लोमा प्रमाणपत्र तहमा निःशुल्क अध्ययन गर्न विशेष छात्रवृत्ति कार्यक्रममा प्रवेश परीक्षाका लागि आवेदन फाराम गरेको हो।
सिटिइभिटिले जारी गरेको सुचना अनुसार बिशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रि-डिप्लोमा तहमा १२० जना र डिप्लोमा तहमा २८० जना छुट्याइएको छ।
आवेदन फारम साउन, २३ देखि भदौ ८ गते शुक्रवार सम्म आफ्नो स्थायी बसोबास भएको प्रदेशमा मात्रै बुझाउन पाउने छन । आवेदन फारम परिषदको वेबसाईट www.ctevtexam.org.np बाट डाउनलोड गरि प्राप्त गर्न सकिने छ।

