Jul 27 2026 | २०८३, श्रावण ११ गते

माइलस्टोन स्कुलले गर्यो अभिभावकलाई अभिमुखिकरण

माइलस्टोन स्कुलले गर्यो अभिभावकलाई अभिमुखिकरण

  • 955
    SHARES

  • माइलस्टोन स्कुलले गर्यो अभिभावकलाई अभिमुखिकरण

    साउन, २७ काठमाडौ । माइलस्टोन युथ इङलिस स्कुलले अभिभावकहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको छ। काठमाडौको नागार्जुन नगरपालिका वडा ७ रामकोटमा अवस्थित यस स्कुलले शनिवार एक कार्यक्रमका बीच अभिमुखिकरण गरेको हो।

    20230812_083451.jpg

    अभिमुखिकरण कार्यक्रम स्कुलका प्रिन्सिपल शिवराम गिरिको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा प्रशिक्षक तथा मोटिभेटर प्रितम पौडेल प्रमुख अतिथिका रुपमा रहनुभयो। भने कलेजका भाइस प्रिन्सिपल दिनेश भट्टराईले कार्यक्रम संचालन गर्नुभयो। कार्यक्रममा कक्षा ३ देखि १० सम्म पढ्ने विद्यार्थीका अभिभावकहरुको उपस्थिति रहेको थियो।

    FB_IMG_1691828553239.jpg

    प्रिन्सिपल शिवराम गिरीले भूमण्डलीकरण र प्रबिधिमा भएको बिकासका कारण बालबालिकाहरुमा आएको परिवर्तन र त्यसमध्ये पनि मुख्यतः मोबाइलका कारण विद्यार्थीहरुको बानी ब्योहोरामा ल्याउने नकारात्मक परिवर्तन बारे सजक गर्न अभिभावकहरुलाई अभिमुखिकरण गरेको बताउनुभयो। कोभिड पछि अभिभावक तथा विद्यार्थीहरुमा मोबाइल, ल्यापटप प्रतिको क्रेज बढेको र जसका कारण बालबालिकाहरुमा पढ्ने बानिमा ह्रास आउनुको साथै अभिभावकहरु समेत लतमा बसेकोले बालबालिकाहरुको सहि अभिभावकत्व र केयरिङ नभएको भन्दै यसबारे सिक्न र सिकाउन अभिमुखिकरण गर्नुपरेको बताउनुभयो।

    FB_IMG_1691828560430.jpg

    उक्त कार्यक्रममा प्रशिक्षक तथा मोटिभेटर प्रितम पौडेलले करिब २ घण्टा ३० मिनेट अभिभावकहरुलाई प्रशिक्षण दिनुभयो। उहाँले बालबालिकामा आएको नकारात्मक परिवर्तन दोषी बालबालिका नभई अभिभावक आफै रहेको बताउनुभयो। उहाँले अहिलेको बच्चाहरु पढ्नै मान्दैनन भन्ने गलत संदेश दिएको भन्दै बरु अभिभावक र शिक्षकहरुमा पढ्ने बानी ह्रास भएकोले बालबालिकाहरुमा नकारात्मक असर परेको बताउनुभयो।

    20230812_093007.jpg

    मोबाइल तथा ल्यापटपको धेरै प्रयोगका कारण आजभोली बालबालिकाहरुमा अलिकती झोक चल्यो भने बढी हिंसात्मक हुने भएकोले यसलाई सुधार गर्ने हो भने अभिभावकहरु नै मोबाइलको लत बाट टाढारहनुपर्ने बताउनुभयो।

    20230812_094255.jpg

    मोबाइल तथा ल्यापटपका कारण अभिभावक बालबालिकाप्रति झर्किने र बालबालिका अभिभावकबाट टाढा रहन खोज्ने अवस्था आएको प्रती ध्यान दिदै उहाँले यो निकै बिकराल अवस्था हुने बताउनुभयो । त्यसैगरी प्रशिक्षक पौडेलले अभिभावकहरुलाई Good Parenting को बारे टिप्सहरु समेत बताउनुभयो।

    त्यस क्रममा उहाँले बच्चाहरुको अगाडि गर्न हुने र नहुने मुख्यगरि ८ वटा टिप्स अनुसार :

    १: बच्चाहरुलाई अरुको अगाडि डोमिनेट गर्न नहुने।

    २: बच्चाहरुलाई अरुसंग तुलना गर्न नहुने।

    ३: बच्चाहरुलाई शारीरिक दण्ड दिन नहुने।

    ४: बच्चाहरुको अगाडि झुटो नबोल्ने ।

    ५: बच्चाहरुलाई सम्झाउने तर गाली गर्न नहुने।

    ६: पारिवारिक मूल्य र संस्कृतिबारे सिकाउनु पर्ने ।

    ७: बच्चाहरु संग साथीको व्यबहार गर्नुपर्ने ।

    ८: र बच्चाहरुलाई प्रशस्त समय दिनुपर्ने ।

    20230812_102052.jpg

    प्रशिक्षक प्रितम पौडेलले युट्युब तथा टेलिभिजनहरुको विभिन्न कार्यक्रम, तथा शिरियलहरुमा प्रयोग हुने भाषाले बालबालिकाहरुलाई बिगारेको भन्दै त्यसले गर्दा संस्कृति माथि समेत नराम्रो असर परेकोले त्यस्ता सिरियल तथा कार्यक्रमहरु हेर्नबाट बञ्चित गर्नुपर्ने बताउनुभयो।

    FB_IMG_1691828588763.jpg

    इलेक्ट्रोनिक डिभाइस बाहेक बालबालिकाहरु बिग्रेको कारण बजारमा पाइने जङ्क फूडहरु भएको बताउनुभयो। उहाँले बच्चाहरूलाई अत्यधिक जंकफूडका कारण स्वास्थ्यका साथसाथै दिमागमा समेत नराम्रो असर पारेको र अनावश्यक खर्चालु स्वभाव भएकोले उनिहरुको नविनतम क्षेमतमा ह्रास आउने गरेको बताउनुभयो।

    FB_IMG_1691828584635.jpg

    अन्त्यमा उहाँले अभिभावक, शिक्षक र बिद्यालयको सहकार्यले मात्रै बालबालिकाहरुको उन्नति र प्रगती हुने भन्दै आ-आफ्नो ठाउमा सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो।

    FB_IMG_1691828592906.jpg

     

    images
    शनिवार, श्रावण २७ २०८००४:०५:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार