Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिश्वबिद्धालय शिक्षाको लागी उत्कृष्ट गन्तव्य : बर्नहार्ट कलेज

बिश्वबिद्धालय शिक्षाको लागी उत्कृष्ट गन्तव्य : बर्नहार्ट कलेज

  • 629
    SHARES

  • बिश्वबिद्धालय शिक्षाको लागी उत्कृष्ट गन्तव्य : बर्नहार्ट कलेज

    साउन, २८ गते काठमाडौ । काठमाडौ बर्नहार्ट कलेज शैक्षिक क्षेत्रमा उत्कृष्ट र पृथक पहिचान बनाएको शैक्षिक संस्था हो। २०६० सालमा स्थापना भएको बर्नहार्ट कलेज परिणाममुखी नतिजा दिने एक अब्बल तथा प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा समेत चिनिदै आएको छ।

    त्रिभुवन विश्वविद्यालयबाट क्यूएए (QAA) मान्यता पाउने पहिलो संस्थागत कलेज काठमाडौं बर्नहार्ट देशमा उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित छ। बिश्वबिद्धालय अनुदान आयोग बाट उच्च शिक्षाको गुणस्तर सुनिश्चितता र प्रत्यायन प्रणालीमा आवद्ध भएर त्रिभुवन विश्वविद्याल अन्तर्गत सम्बन्धन कलेजहरुमा QAA प्राप्त गर्ने पहिलो संस्थागत कलेज बर्नहार्ट कलेज हो।

    प्लेग्रुप देखि कक्षा १२ सम्म काठमाडौको बल्खुमा अध्ययन अध्यापन गर्ने बर्नहार्ट, स्नातक र स्नातकोत्तर तह अध्यायनको लागि भने काठमाडौ बाफल रिंगरोड स्थित सुबिधा सम्पन्न भवनमा अध्ययन अध्यापन गर्दै आएकोछ। बिद्यालय तहमा करिब ३ हजार विद्यार्थीहरु रहेको बर्नहार्ट कलेज तहमा करिब ६ सय विद्यार्थीहरु अध्ययनरत छ।

    काठमाडौको बाफल रिंगरोडमा स्नातक तहमा कलेजले ब्याचलर इन कम्प्युटर साइन्स एण्ड इन्फर्मेशन टेक्नोलोजी (BSc.CSIT), ब्याचलर इन कम्प्युटर एप्लिकेसन (BCA), ब्याचलर इन सोसल ओर्क (BASW), ब्याचलर इन बिजनेश स्टडिज (BBS) , ब्याचलर इन  बिजनेस म्यानेजमेन्ट  (BBM) तथा स्नातकोत्तर तहमा माष्टर्स इन बिजनेश स्टडिज (MBS) कक्षा सञ्चालन गर्दै आएको छ ।

    FB_IMG_1691893836918.jpg

    निरन्तर शिक्षाको गुणस्तरमा ध्यान दिदै हरेक बर्ष उत्कृष्ट नतिजा हासिल गर्दै आएको बर्नहार्ट कलेजको कुल पास प्रतिसत ८५ प्रतिशत भन्दा माथि रहेको छ । बर्नहार्ट कलेजले विद्यार्थीलाई बजार माग अनुसारको शिक्षा दिनका लागि विश्वविद्यालयले तोकेको पाठ्यक्रमका अलवा समयको माग अनुसार कोर्स र विभिन्न तालीमहरु दिने गरेकोछ।

    आइटिको (IT) लागि बिद्यार्थीहरुलाई सेमेस्टर अनुसार कक्षा रुटिनमा नै   Non-credit course ( कोडिंग र  प्रोग्रामिंग ) राखिएको छ। कलेजले Python, PHP, Laravel, Java जस्ता कोर्सहरुलाई कक्षा तालिकामै राखेर पठनपाठन गर्ने गरेकोछ। जसले गर्दा विद्यार्थीहरु अब्बल हुनेगरेका छन।

    त्यसैगरी ब्यबस्थापन संकायका विद्यार्थीहरुको लागि विभिन्न अर्थ र बाँणिज्य संग सम्बन्धित बौंकिङ तालिम तथा गोष्ठीहरु, इन्ट्रनसिप, फिल्ड भिजिट गर्नेगरेकोछ।

    मानविकी संकाय (BASW) का विद्यार्थीहरुको लागि सम्बन्धित ब्यक्ति र समाज प्रतिको उत्तरदायित्व जस्तै समुदायसंग प्रत्यक्ष भेटघाट, अन्तरघुलन, क्याम्पिङ गर्दै भाषा तथा संस्कृतिहरुको आदानप्रदानको लागि सहकार्य गर्ने गरेको छ।

    काठमाडौ बर्नहार्ट कलेजले समय समयमा बोर्ड परिक्षामा शत प्रतिशत नतिजा ल्याउन सफल र बोर्ड प्रथम जस्ता स्थान प्राप्त गर्न सफल भएको छ । यिनै कारणहरुबाट नेपाल सरकार शिक्षा,  बिज्ञान तथा प्रविधि मन्त्रालयबाट ४० औ राष्ट्रिय शिक्षा दिवसको अवसरमा उत्कृस्ट निजी महाबिद्यालयको रुपमा घोषणा गरि पुरस्कार समेत प्राप्त गरेको छ ।

    हाल काठमाडौ कलेज अफ बर्नहार्ट कलेजले स्नातक तहको BSc.CSIT, BCA, BBM, BBS, BASW कार्यक्रममा भर्ना खुली सकेको छ। काठमाडौ बर्नहार्ट कलेजमा भर्नाको लागि फारम भर्न तलको फोटोमा क्लिक गर्नुस।

    Screenshot_20230809-140341_Chrome.jpg

    images
    आइतवार, श्रावण २८ २०८००८:०७:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार