आइतवार, श्रावण २८ २०८०
काठमाडौं, २८ श्रावण । सार्वजनिक शैक्षिक गुठी बिद्यालय संघ नेपाल (पेट्सान) ले एसईई- २०७९ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाइ अभिनन्दन गरेको छ। पेट्सानले आइतवार एक कार्यक्रमका बिच उत्कृष्ट विद्यार्थी, उत्कृष्ट शिक्षक/कर्मचारी तथा शिक्षाविद्लाई सम्मान गरेको हो।

(पेट्सान) ले पूर्व स्वस्थ्य मन्त्री तथा संघीय सांसद माननीय गगन कुमार थापाज्युको प्रमुख आतिथ्यतामा एस.ई.ई.२०७९ मा उत्कृष्टता हाँसिल गर्ने सदस्य विद्यालयका विद्यार्थीहरु , उत्कृष्टता हाँसिल गर्न सहयोग पुर्याउने शिक्षक /कर्मचारी तथा वरिष्ठ शिक्षाविद्लाई पुरस्कृत, सम्मान तथा अभिन्नदन गरेको छ। सिद्धार्थ वनस्थली इन्स्टिच्युटको सभाहलमा सम्पन्न उक्त समारोहको अध्यक्षता संस्थाका रास्ट्रिय अध्यक्ष श्री रुपक राजवंसीले गर्नु भएको थियो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जेएस पौडेलले संस्थाको विषयमा वोल्दै एसईई सम्मान तथा वधाई कार्यक्रम संस्थाको परम्परा भएको र शैक्षिक गुठी भनेको शिक्षा ऐन आठौ संसोधनले व्यवस्था गरेको र वर्तमान सरकारले शिक्षा विधेयक मार्फत संघीय शिक्षा ऐनमा संस्थागत विद्यालयको मोडल स्वरुप स्थापित गर्न खोजेको गैर नाफामुलक शिक्षण संस्थाको परिकल्पना हो तर निजी विद्यालय शैक्षिक गुठीमा सहजै रुपान्तरण हुन सक्ने आकर्षक सुविधा केही नभएको भएका कर छुटको सुविधा लगायत समेत सरकारले खोसेको भन्दै यदि निजी विद्यालयलाई शैक्षिक गुठीमा जान प्रेरित गर्ने हो भने आकर्षक सुविधा दिन आवश्यक छ भन्ने विवरण पेस गर्नु भएको थियो ।

अभिन्नदित वरिष्ठ शिक्षाविद प्रा.डा.हिरा वहादुर महर्जनले गणित विषयको वर्तमान अवस्था र पेट्सान सँग गर्न सकिने सहकर्यको चर्चा गर्नुभयो। त्यसैगरी प्रमुख अतिथि माननीय गगन कुमार थापाले संसदमा टेवल हुन लागेको शिक्षा विधेयकमा शैक्षिक गुठीको विषय संवोधन हुनेगरी आफुले पहल गर्ने विश्वास व्याक्त गर्नु भयो । सो समारोहको संचालन सचिव सरोज न्यौपाने र स्वगत मन्तव्य महासचिव जगत महर्जनले गर्नु भएको थियो ।
