आइतवार, श्रावण २८ २०८०
साउन, २८ काठमाडौ : नेपाल शिक्षक महासंघ ले ७७ जिल्लाका सबै पालिकामा धर्ना सहित ज्ञापनपत्र बुझाएको छ। प्रस्तावित शिक्षा बिधेयेक- २०८० प्रती विमती जनाउदै महासंघ राष्ट्रिय समितिको आव्हानमा शिक्षकहरुले ७ सय ५३ वटै पालिकाहरुमा धर्ना दिदै ज्ञापन बुझाएका हुन् ।
शिक्षक महासंघले माध्यमिक शिक्षासम्मको अधिकारलाई स्थानीय तहको एकल अधिकारको सूचीमा राख्न नहुने माग राख्दै आएको छ । विधेयकमा विद्यालय शिक्षाको अधिकार अधिकांश जिम्मेवारी स्थानीय तहलाई दिने व्यवस्था गरिएको छ । महासंघले त्यसको विरोध गरेको हो ।
स्थायी, अस्थायी, करार, राहत, साविक उच्च माध्यमिक विद्यालय, बालकक्षा, विशेष कक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धारलगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीका माग विधेयकले सम्बोधन नगरेको नेपाल शिक्षक महासंघले जनाएको छ ।
सरकारले विधेयक सच्याएर माग पूरा नगरे चरणबद्ध कार्यक्रमसमेत घोषणा गरिने र माग पुरा नभए आन्दोलका कार्यक्रमलाई कडा पारिने समेत जनाएको छ।