Jul 27 2026 | २०८३, श्रावण ११ गते

पश्चिम नवलपरासीका शिक्षकद्रारा पालिकामा धर्ना ।

पश्चिम नवलपरासीका शिक्षकद्रारा पालिकामा धर्ना ।

  • 509
    SHARES

  • पश्चिम नवलपरासीका शिक्षकद्रारा पालिकामा धर्ना ।

    प्रकाश न्यौपाने , साउन २८ गते नवलपरासी । नेपाल शिक्षक महासंघको केन्द्रिय सर्कुलर अनुसार पश्चिम नवलपरासीका सातै वटा पालिकामा धर्ना दिने कार्यक्रम आइतबार सम्पन्न गरेका छन् ।

    पश्चिम नवलपरासीमा रहेका सुनवल, बर्दघाट, रामग्राम नगरपालिका तथा सुस्ता, प्रतापपुर, पाल्हिनन्दन र सरावल गाउँपालिकामा ११ बजेदेखि २ बजेसम्म ३ घण्टा धर्ना दिने कार्यक्रम गरिएको नेपाल शिक्षक महासंघ जिल्ला सचिव कृष्ण अधिकारीले बताउनुभयो ।

    received_155595894228489.jpeg

    संसदमा पेश हुन लागेको शिक्षा विधेयक २०८० शिक्षक–कर्मचारीको पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको भन्दै विभिन्न शिक्षकहरुका संघ संगठनहरुले ट्रेड युनियन अधिकारको माग गर्दै पालिकाहरुमा ज्ञापन पत्र पेश गरेका हुन् ।

    बर्दघाट नगरपालिकामा नेपाल शिक्षक महासंघ बर्दंघाट नगर समितिका अध्यक्ष सभ्यता प्रसाईको नेतृत्वमा ज्ञापन पत्र बुझाएको छ । बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटा सहितको टोलीलाई ज्ञापन पत्र बुझाउदै प्रसाईले ७ सय ५३ वटा पालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘हाम्रा ५१ वटा मागहरु सम्बोधन गरी यथाशिघ्र गरी शिक्षा ऐन पास गरिनुपर्छ ।’ क्रममा आयोजना गरेको धर्ना कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष भोजराज चापागाँईले नेपालमा भएका विभिन्न राजनैतिक व्यवस्थाहरुको परिवर्तनमा शिक्षकहरुको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘व्यवस्था फेरिएपनि शिक्षकहरुलाई हेर्ने दृष्टिकोण बदलिएको छैन ।, शैक्षिक नितिलाई प्रष्ट पारी शैक्षिक प्रणालीलाई तार्किक र जिवनोपयोगी बनाउनुपर्दछ ।’received_540531564865540.jpeg

    नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष अर्जुन पौडेलले शिक्षकहरुसँग सरकारले गरेको सहमति विपरित विद्ययेक आएको बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘शिक्षकहरु सँग भएको सहमति विवरित विद्येयक आएको छ, त्यसैले केन्द्रिय निर्देशन अनुसार स्थानिय तहहरुमा दवाव दिने खालका कार्यक्रमहरु गरेका छौँ ।

    नेपाल शिक्षक संघका निवर्तमान केन्द्रिय सदस्य नेत्रलाल न्यौपानले सरोकारवालाहरुसँग व्यापक छलफल नगरी मनोमानी ढंगबाट शिक्षा ऐन आएको बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘मनोमानी ढंगबाट आएको ऐनको घोर विरोध गर्दै असहमति जनाएका छौँ, राज्यले शिक्षकलाई दोस्रो दर्जाको कर्मचारीको रुपमा व्यवहार गरेको छ । शिक्षकहरुको मुद्धा शिक्षकहरुको मात्र नभई समग्र राष्ट्रको शैक्षिक उन्नयनका लागि महत्वपुर्ण मुद्धाहरु हुन् ।’

    received_591716463168154.jpeg

     

    images
    आइतवार, श्रावण २८ २०८००९:१६:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार