मंगलवार, श्रावण ३० २०८०
काठमाडौं, साउन २९ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालको कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो।
परिक्षाको नतिजा अनुसार कुल विद्यार्थी मध्य १,९०,७११ जना अर्थात ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन भने १ लाख ८२ हजार ९ सय २२६ जना अर्थात ४९.०९ प्रतिशत विद्यार्थीले NG ल्याएका छन।
नतिजा अनुसार यसपटक A+ ल्याउने विद्यार्थीको संख्या पहिलेको बर्ष भन्दा धेरै रहेका छन जसमध्य ३.६ भन्दा माथी जिपिए ४ सम्म ६ हजार ९७६, GPA ३.२१ देखि ३.६० सम्म ३८ हजार ९९९ जना , GPA २.८१ देखि ३.२० सम्म ६९ हजार १७४ जना त्यसैगरी २.४१ देखि २.८० सम्म ६३ हजार ७७ जना विद्यार्थी त्यस्तै २.०१ देखि २.४० सम्म ११ हजार ४३८ जना विद्यार्थीले ल्याएका छन। बोर्डका अमुसार ५१ जनाको परीक्षा रद्द गरिएको छ।

परिक्षाको नतिजा अनुसार सबैभन्दा धेरै NG English मा : एक लाख ९ हजार ५ सय २७ जना रहेका छन। बोर्डका अनुसार ५९ हजार ५ सय ३० जनाले ३ वा सो भन्दा बढी विषयमा NG ल्याएका छन् । उनीहरूले ग्रेड वृद्धिको परीक्षा दिन पाउने छैनन् । अर्को वर्ष हुने वार्षिक परीक्षामा NG ल्याएका विषयमा परीक्षा दिन सक्नेछन् ।
नतिजा हेर्न नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइट मार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ।
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।
त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा एसएमएस पठाएर र नेपाल टेलिकमको ल्यण्ड लाईन, मोबाइलबाट १६०१ मा डायल गरी निर्देशन अनुसार
