Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविको ४९ औं दिक्षान्तमा भाग लिन आवेदन माग

त्रिविको ४९ औं दिक्षान्तमा भाग लिन आवेदन माग

  • 926
    SHARES

  • त्रिविको ४९ औं दिक्षान्तमा भाग लिन आवेदन माग

    भदौ, ३ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह (२०८०) मा भाग लिन आवेदन माग गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले एक सूचना जारी गर्दै आवेदन माग गरेको हो।

    वि.सं. २०७९ साल असार १ गतेदेखि २०८० साल जेठ ३२ गते  सन् ( १५ जुन २०२२ देखि १५ औं जुन २०२३) सम्ममा  सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पिएचडी)  तह पूरा गर्ने विद्यार्थीबाट आवेदन दिन सकिने सुचनामा जानकारी दिएको छ।

    दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट tuexam.edu.np मा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

    FB_IMG_1692493486592.jpg

     

    images
    आइतवार, भाद्र ३ २०८०१०:२१:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार