सोमवार, भाद्र ४ २०८०
भदौ, ४ गते काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयमा स्नातक तह B.Sc फोरेष्ट्री र Bachelor Of Information Technology (BIT) मा भर्नाको लागि आवेदन खुलेको छ।
त्रिभुवन बिश्वबिद्धालय बन बिज्ञान अध्ययन संस्थन अन्तर्गतका पोखरा क्याम्पस, हेटौडा क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसहरुमा शैक्षिकसत्र २०८०/८४ मा भर्नाका लागि आवेदन खुलेको सुचनामा जानकारी दिएको छ। B.Sc. फोरेष्ट्रीमा भर्नाको लागि इच्छुक विद्यार्थीहरुले intrance.iof.edu.np मा गएर अनलाइन मार्फत आवेदन फारम भर्न सक्ने छन।
B.Sc. फोरेष्ट्रीमा आवेदन फारम भर्नको लागि २०८० भदौ ७ देखि असोज १४ गतेसम्म र दोब्बर दस्तुरमा असोज १९ गते दिउँसो ५:०० बजेसम्म आवेदन भर्न सकिन्छ।

त्यसैगरी त्रिभुवन बिश्वबिद्धालय अन्तर्गतका आंगिक क्याम्पसहरुमा सेमेस्टर प्रणाली अन्तर्गत Greading System अनुसार पठनपाठन हुने चार बर्षे स्नातक तह सूचना प्रबिधि BIT मा २०८० सालको भर्नाको लागि आवेदन दिन इन्च्छुक विद्यार्थीहरुले २०८० भदौ ६ गते देखि असोज ५ गतेसम्म र दोब्बर दस्तुरमा असोज ९ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन।
प्रवेश परीक्षा फारम भर्न बिज्ञान तथा प्रबिधि अध्ययन संस्थान को प्रवेश परीक्षा सम्बन्धी website http://iost.tu.edu.np मा रहेको BIT प्रवेश परिक्षाको link मा गई स्वयंले आवेदन फारम भरी अनलाइन बाट नै Submit गर्नुपर्ने छ।
