Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिना सूचना लामो समय बिदामा बस्ने शिक्षकलाई कारबाही गर्न निर्देशन

बिना सूचना लामो समय बिदामा बस्ने शिक्षकलाई कारबाही गर्न निर्देशन

  • 822
    SHARES

  • बिना सूचना लामो समय बिदामा बस्ने शिक्षकलाई कारबाही गर्न निर्देशन

    भदौ, ४ काठमाडौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिना सूचना लामो समय बिदामा बस्ने शिक्षकलाई कारबाही गर्न निर्देशन दिएको छ। केन्द्रले देशैभरी सबै शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई लामो समय बिदामा बस्ने शिक्षकलाई प्रचलित ऐन, कानुनको प्रभावकारी रुपमा पालना गर्ने गराउन निर्देशन दिएको हो।

    केन्द्रले विदा स्वीकृत नगराई लामो अवधिसम्म विद्यालयमा अनुपस्थित रहने, विद्यालय र सम्बन्धित निकायले ताकेता गर्दा समेत जवाफ नदिने, सम्पर्कमा नआउने, लामो अवधिपछि राजिनामा पेस गर्ने एवं सेवा सुविधा प्राप्त गर्नका लागि सिफारिस माग गर्ने शिक्षक लागि कारबाहीका लागि निर्देशन दिएको छ।

    शिक्षा ऐन २०२८ को दफा १६ ङ को उपदफा (५) मा सामुदायिक विद्यालयको शिक्षक वा कर्मचारीलाई पदबाट हटाउने अवस्था, शिक्षा नियमावली २०५९ को नियम १३३ मा शिक्षकले पालन गर्नु पर्ने आचार संहिता र सोही नियमावलीको नियम १३५ देखि १४३ सम्म नियम विपरित कार्य गर्ने शिक्षकलाई गरिने सजाय सम्बन्धी कानूनी व्यवस्था अनुसार प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

    अख्तियार प्राप्त अधिकारीले समेत नियम विपरित कार्यगर्ने शिक्षकलाई प्रचलित कानून बमोजिम कारबाही नगर्ने र कारवाहीको प्रक्रिया सुरु गरेपछि टुङ्गोमा नपुर्याई छाड्ने गरेका कारण विद्यालय र नेपाल सरकारलाई हुने हानी नोक्सानीका लागि सम्बन्धित अधिकारी समेत जिम्मेवार हुने सो निर्देशनमा उल्लेख गरेको छ ।

    यस्तो छ सूचना ।

    FB_IMG_1692625669043.jpg

    images
    सोमवार, भाद्र ४ २०८०१०:१४:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार