Jul 27 2026 | २०८३, श्रावण ११ गते

संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तनका लागि महानगरद्वारा आवेदन माग

संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तनका लागि महानगरद्वारा आवेदन माग

  • 651
    SHARES

  • संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तनका लागि महानगरद्वारा आवेदन माग

    भदौ, ५ गते काठमाडौं । काठमाडौं महानगरपालिका शिक्षा विभागले संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तनका लागि आवेदन माग गरेको छ।

    महानगरले आफ्नो क्षेत्रभित्र संचालित संस्थागत विद्यालयहरूले नाम, स्थान र स्वामित्व परिवर्तनका लागि ३५ दिनभित्र निवेदन पेश गर्न जानकारी दिएको छ।

    संस्थागत विद्यालयहरुले कम्पनी रजिस्ट्रारको कार्यालयबाट नाम स्थान र स्वामित्व परिवर्तन गरेको पत्र समेत लिई विभागमा निवेदन दर्ता गराएको हुँदा विभिन्न शैक्षिक संस्थासँग कुनै व्यक्ति वा सङ्घ संस्थाको कुनै किसिमको दाबी विरोध भएमा यसै सूचनालाई आधार मानी आवश्यक प्रमाण सहित यो सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र लिखित निवेदन यस विभागमा पेस गर्नुओअर्ने सुचनामा उल्लेख गरेको छ।

    Screenshot_20230822-111931_Facebook.jpg

    विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तन गर्न चाहेका विद्यालय

    (क) श्री ब्लु होराइजन एकेडेमी का.म.पा. २ लाजिम्पाटको साबिकको नाम परिवर्तन गरी किड्स टाउन स्कूल कायम गर्न र साबिकको ठेगानाबाट स्थान परिवर्तन गरी का.म.पा. १६ वनस्थली कायम गर्न एवं विद्यालयको स्वामित्व श्री हसना शाक्य लगायतको नामबाट श्री चित्रकुमार श्रेष्ठ लगायत ९ जनाको नाममा कायम गर्न ।

    (ख) श्री अन्नपूर्ण ईङ्गलिस सेकेण्डरी स्कुल का.म.पा. ९ गैरीगाउँको साबिकको नाम परिवर्तन गरी अन्नपूर्ण विनायक स्कूल काठमाडौँ कायम गर्न ।

    (ग) श्री निर्माणा एकेडेमी का.म.पा. १५ स्वयम्भू, काठमाडौँको स्वामित्व श्री निरा सिंह तुलाधरको नामबाट श्री प्रतिकरत्न तुलाधर एवं ल्हामु तुलाधरको नाममा कायम गर्न तथा साबिकको ठेगानाबाट नागार्जुन नगरपालिका वडा नं. ५ मा स्थानान्तरण गर्न ।

    (घ) श्री काठमाडौँ भ्याली स्कूल का.म.पा. १३ छाउनी, काठमाडौँको ठेगाना परिवर्तन गरी नागार्जुन नगरपालिका वडा नं. ९ स्युचाटारमा स्थानान्तरण गर्न ।

    (ङ) श्री एभरेष्ट वर्ल्ड स्कूल का.म.पा. ९ सिनामंगल, काठमाडौँको साबिकको नाम परिवर्तन गरी श्री लोयोला सेकेण्डरी स्कूल कायम गर्न ।

    (च) श्री बौद्ध सेकेण्डरी इङ्गलिस स्कूल का.म.पा. ६ बौद्ध, काठमाडौँको ठेगाना परिवर्तन गरी गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीमा स्थानान्तरण गर्न ।

     

    images
    मंगलवार, भाद्र ५ २०८०११:२९:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार