Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान IOI ले द्वारा शुल्क वृद्धि : विद्यार्थीहरुद्वारा बिरोध ।

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान IOI ले द्वारा शुल्क वृद्धि : विद्यार्थीहरुद्वारा बिरोध ।

  • 1.1K
    SHARES

  • त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान IOI ले द्वारा शुल्क वृद्धि : विद्यार्थीहरुद्वारा बिरोध ।

    भदौ, ६ काठमाडौ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क वृद्धि गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालयले आंगिक क्याम्पसहरुले लिन पाउने शुल्क वृद्धि गरेको हो ।

    संस्थानको कार्यान्वयन समितिको बैठक साउन २५ गते बसेको थियो। नयाँ शुल्क अनुसार अब पूर्ण शुल्कीय तर्फ चार वर्षको ७ लाख ७५ हजार ४२० रुपैयाँ तोकिएको छ। त्यस्तै नियमित तर्फ ८२ हजार ७२० रुपैयाँ पुर्‍याइएको छ । यसअघि नियमित तर्फको ३५ हजार रुपैयाँ शुल्क तोकिएको थियो। भने पूर्ण शुल्कीय तर्फ ३ लाख ३० हजार रुपैयाँ थियो।

    लामो समयदेखि शुल्क नढाइएको र हालको शुल्कले विद्यार्थीलाई पढाउन सकिने अवस्था नरहेकोले भन्दै संस्थानले शुल्क बढाइएको बताइएको छ। त्यसैगरी त्रिभुवन विश्वविद्यालयले समेत संस्थानलाई बजेट दिन नसकिने बताउँदै आएको छ।

    यसअघि शुल्क बढाउने विषयमा अध्ययन गर्न सुशिल ब्रर्जाचार्यको संयोजकत्वमा समिति गठन गरेको र उक्त समितिले IOE अन्तर्गतका ५ वटै आंगिक क्याम्पसमा अध्ययन गरेको थियो। उक्त समितिले शुल्क बढाउन सिफारिस गरेको थियो। इन्जिनियरिङ पढ्नको लागि २०५३ सालमा उक्त शुल्क तोकिएको र त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले शुल्क बढ्ने भन्ने थियो।

    वृद्धि भएको शुल्क आगामी शैक्षिक सत्रदेखि यी क्याम्पसमा लागु हुने डिन कार्यालयले जनाएको छ ।

    FB_IMG_1692719520390.jpg

    शुल्क वृद्धि विरुद्ध विद्यार्थीहरु

    विद्यार्थीले भने शुल्क वृद्धि फिर्ताको माग राख्दै आन्दोलन थालेका छन् । स्ववियू, नेबिसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) लगायत विद्यार्थी संगठनले कुनैपनी अवस्थामा शुल्क वृद्धि गर्न नदिने बताएका छ्न।

    पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियू अध्यक्ष विराज अर्यालका अनुसार IOE ले २ लाख ८० हजारबाट वृद्धि गरेर शिक्षण शुल्क ७ लाख ७५ हजार पुर्‍याइएको त्यसलाइ त्यसलाइ अस्विकार गर्ने बताए।

    इन्जिनियरिङका निजी क्याम्पसहरुले भने मनोमानी रुपमा शुल्क लिँदै आएका छन् । डिन कार्यालयले निजीतर्फ अधिकत्तम शुल्कको सिलिङ तोकिन्छ । त्यसकै आधारमा निजीले फरक/फरक शुल्क लिन्छन् । स्ववियू अध्यक्ष अर्यालले शुल्क वृद्धि फिर्ता हुने पर्ने माग गरे । ‘स्ववियूको शुल्क वृद्धि मान्य हुँदैन, आंगिक क्याम्पसको दायित्त्व सरकारले लिनुपर्छ,’ अध्यक्ष अर्यालले भने ।

     

    आईओई अन्तर्गत ५ आंगिक र १० निजी इन्जिनियरिङ क्याम्पस सञ्चालनमा छन् । निजी क्याम्पसहरु काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा मात्रै सञ्चालनमा छन् । डिन कार्यालयका पदाधिकारी, अध्यापकले संस्थान आसपास नै निजी कलेजलाई सम्बन्धन दिएर उनीहरुले सञ्चालन गरेको आरोप छ ।

    त्यसैगरी त्रिभुवन विश्वविद्यालयअन्तर्गत IOE ले B.E. तर्फको शुल्क दोब्बरले बढाएको भन्दै नेविसंघ इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका इकाइ सभापति सुलभ चापागाईंले आमरण अनशन सुरु गरेका छन् ।

    FB_IMG_1692636947450.jpg

    FB_IMG_1692703212161.jpg

    FB_IMG_1692756486110.jpgFB_IMG_1692760771387.jpg

    images
    बुधवार, भाद्र ६ २०८००८:३४:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार