Jul 27 2026 | २०८३, श्रावण ११ गते

अब विद्यार्थीको शैक्षिक प्रमाणपत्र सहजै सच्याउन मिल्ने

अब विद्यार्थीको शैक्षिक प्रमाणपत्र सहजै सच्याउन मिल्ने

  • 864
    SHARES

  • अब विद्यार्थीको शैक्षिक प्रमाणपत्र सहजै सच्याउन मिल्ने

    भदौ, ७ काठमाडौ । विद्यार्थीहरुका लागि जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परे सहजै सच्याउन मिल्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियम, २०८० संशोधन गरेको हो ।

    नेपाल सरकारले यससम्बन्धी नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने व्यवस्था गरेको छ । संशोधनअनुसार अब यस अघिका जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन सकिने भएको छ।

    यसअघि प्रमाणपत्र पाएका मितिले ६ महिनाभित्र सच्याउनका लागि दरखास्त दिनुपर्ने प्रावधान थियो । यसलाई पाँच वर्ष बनाइएको छ । तर, पाँच वर्ष नाघेकाका हकमा पनि यो नियम लागू भएको एक वर्षभित्र दरखास्त दिए सच्याउन सकिने प्रावधान राखिएको बताइएको छ । #नयाँपत्रीका 

     

    images
    बिहिवार, भाद्र ७ २०८०१०:०६:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार