Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल शिक्षक महासंघ ।

शिक्षक-कर्मचारिको माग सम्बोधन नभए सडक आन्दोलनमा उत्रने महासंघको चेतावनी ।

शिक्षक-कर्मचारिको माग सम्बोधन नभए सडक आन्दोलनमा उत्रने महासंघको चेतावनी ।

  • 671
    SHARES

  • शिक्षक-कर्मचारिको माग सम्बोधन नभए सडक आन्दोलनमा उत्रने महासंघको चेतावनी ।

    भदौ, ७ गते काठमाडौ । नेपाल शिक्षक महासंघले शिक्षक–कर्मचारीका माग र मुद्दाहरु पूरा नभइ षडयन्त्र पुर्वक ऐन ल्याए सडक आन्दोलनमा उत्रने चतावनी दिएको छ । हालै विभिन्न मिडिया तथा सामाजिक संजालमा सार्वजनिक भएको प्रस्तावित संघीय शिक्षा ऐन २०८० मा भएका केहि दफाहरु संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेसागत सुरक्षा र स्वभिमान खिलाफमा रहेको भन्दै सडक आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

    नेपाल शिक्षक महासंघले आज आयोजना गरेको आन्दोलन र माग मुद्दा बारे मानव अधिकारकर्मी, विद्यालय व्यवस्थापन महासंघ तथा अभिभावक महासंघका प्रतिनिधिबीच ‘नयाँ संघीय शिक्षा ऐनमा शिक्षक कर्मचारीका माग मुद्दा सम्बोधन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा शिक्षकहरूले सडक आन्दोलनमा जाने तयारी रहेको बताएका छन।

    FB_IMG_1692894879689.jpg

    अन्तरक्रियामा विभिन्न चरणका आन्दोलन गर्दा पनि सरकारले शिक्षकहरुका माग मुद्दा प्रति सुनुवाई नगरे सडकमा जान बाध्य हुने महासंघले जनाएको छ। त्यसैगरी महासंघमा आवद्ध संघ संगठनहरुले समेत सडक आन्दोलन गरेर माग सम्बोधन गर्न सरकारलाई बाध्यपार्ने बताए ।

    उनीहरुले कुनै हालतमा पनि आफ्ना मागहरु पुरा गरेरै छाड्ने बताउँदै सडक आन्दोलनको तयारी भइरहेको र शिक्षकहरुलाई तयारी अवस्थामा रहन सर्कुलर गरिसकिएको जानकारी दिए ।

    अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघकी अध्यक्ष कमाला तुलाधरले सरकारले शिक्षकहरुका माग पुरा नगरेसम्म आन्दोलन नरोकिने र संघीय शिक्षा ऐन संसदमा टेवल हुँदा माग पुरा भएर आउनु पर्ने बताइन । उनले माग सम्बोधन भएर नआए शिक्षकहरु कडा आन्दोलनमा उत्रने बताइन ।

    कार्यक्रममा मानव अधिकारकर्मी, विद्यालय व्यवस्थापन महासंघ तथा अभिभावक महासंघका प्रतिनिधिलाई आन्दोलनमा सहयोग गर्न शिक्षकहरुले समेत आग्रह गरेका छन् ।

    FB_IMG_1692894887114.jpg

    यसअघि नेपाल शिक्षक महासंघले साउन २६ गते प्रत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । पहिलो चरण अन्तर्गत साउन २८ गते पालिकाहरुमा शिक्षक कर्मचारी उपस्थित भई ३ घण्टा धर्ना दिने, साउन ३० गते जिल्लाको शिक्षा विकास तथा समन्यमा एकाइमा धर्ना दिने, साउन ३२ गते प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना दिने, भदौं १ गते संसद सदस्यलाई जानकारी तथा पक्षीकरण लगायतका आन्दोलन गरिसकेको छ ।

     

    images
    बिहिवार, भाद्र ७ २०८०१०:११:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार