शुक्रवार, भाद्र ८ २०८०
भदौ, ८ गते काठमाडौ । नेसनल मोडेल इङ्लिस सेकेन्डरी स्कुलले उपत्यकाब्यापी शिक्षक भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ। काठमाडौको नेपालटारमा अवस्थित उक्त बिद्यालयले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै 'स्वास्थ्यका लागि खेलकुद, शिक्षाका लागि खेलकुद' भन्ने मुल नाराका साथ दोस्रो उपत्यकाब्यापी नेसनल मोडेल शिक्षक भलिबल प्रतियोगिता -२०८० आयोजना गर्ने भएको हो।
पत्रकार सम्मेलनमा बोल्दै स्कुलका प्रिन्सिपल डि.एन. अधिकारीले नेपालको राष्ट्रिय खेल भलिबलको बिकास गर्न राष्ट्रियताको भावना अभिवृद्धि गराउन र विभिन्न शैक्षिक संस्था र शिक्षकहरु बिच एकता मित्रता र सहकार्यको भावनालाइ मजबुत बनाउने उदेश्यले उक्त भलिबल प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।

भलिबल प्रतियोगिता २०८० असोज १ देखि ३ गतेसम्म बिद्यालयको भलिबल कोर्टमा खेलाइने छ । प्रतियोगितामा उपत्यकाभरिबाट १६ वटा टिम लाई सहभागी गराइने बिज्ञप्तिमा उल्लेख गरेको छ। टिम दर्ताकोलागि यहि भदौ २८ गते सम्म तोकिएको छ भने टिम दर्ता शुल्क रु ५ हजार शुल्क लाग्नेछ।
भलिबल प्रतियोगितामा प्रथम हुनेलाई खसी, मेडल, ट्रफी र सर्टिफिकेट, त्यसैगरी द्वितीयलाई बोका, मेडल, ट्रफी र सर्टिफिकेट तथा तृतीय स्थान हासिल गर्ने टिमलाइ एकजोडी कुखुराको भाले साथै मेडल, ट्रफी र सर्टिफिकेट दिइने कार्यक्रमका संयोजक कमल प्रसाद पोखरेलले बताउनुभयो ।

खेलमा हाल स्कुलमा पढाई रहेका शिक्षकहरु (Marker Teacher) मात्रै सहभागी गरिने छ । प्रतियोगितामा प्रथम चरणका खेल League Cum Knickout का आधारमा Best of Three अनुसार खेलाइने छ भमे Final चरणका खेलहरु Best of Five अनुसार खेलाइने बिज्ञप्तिमा लेखिएको छ।
पत्रकार सम्मेलनमामा स्कुलका आर्थिक बिभाग प्रमुख दोर्ण बहादुर अधिकारी, राष्ट्रिय खेलकुदका प्रशिक्षक अशोक काजी थापा लगाएत शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

