Jul 27 2026 | २०८३, श्रावण ११ गते

भानु माविमा रोबोटिक्स, एआइ र कोडिङ कक्षा संचालन

भानु माविमा रोबोटिक्स, एआइ र कोडिङ कक्षा संचालन

  • 667
    SHARES

  • भानु माविमा रोबोटिक्स, एआइ र कोडिङ कक्षा संचालन

    भदौ ९ गते काठमाडौ । भानु माध्यमिक बिद्यालय (दरवार हाइ स्कुल) मा रोबोटिक्स, कृतिम बौद्धिकता ( Artificial Inteligence ) र कोडिङका कक्षा सुरु भएका छन। काठमाडौ महानगरपालिकाले बूक फ्री फ्राइडे अन्तर्गत यी कक्षाहरु संचालनमा आएका हुन्।

    यसअघि गरिएको अभिमुखिकरण कार्यक्रममा विद्यार्थीहरुको बिशेष चाख देखिएको र पढ्नको आगि विद्यार्थीहरु उत्साहित देखिएकोले काठमाडौ महानगरले रोबोटिक्स, कृतिम बौद्धिकता ( Artificial Inteligence ) र कोडिङका कक्षा सुरु गरे जनाइएको छ।

    FB_IMG_1693017417276.jpg

    शुक्रवार पहिलो दिन कोडिङ् सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ् सिकाइएको छ । यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई पाइथन प्रोग्रामिङ् सिकाइएको छ।

    त्यसैगरी विद्यार्थीहरुको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनौट गरिएको हो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयहरुबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ।

    त्यसैगरी विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरु पनि संचालन भई रहेकाछन। त्यस्तै काठमाडौ महानगरपालिकाका १४ वटा विद्यालयमा कोडिङ् क्लव गठन भइसकेका छन् । उनीहरुको काम विश्वका १६० भन्दा धेरै देशमा क्लव सञ्जालमा जोडिन्छ ।

    FB_IMG_1693017419075.jpg

    रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ् कक्षाहरुले विद्यार्थीहरुमा समस्या समाधान गर्ने प्राविधिक क्षमता विकास हुने र यस्ता कक्षाबाट विद्यार्थीहरुमा तार्किक क्षमता बढ्ने बिश्वास लिइएकोछ। त्यस्तै चुनौती समाधानका लागि समूहगत कामको सिकाइ विकास हुनेछ ।

    डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न, विद्यार्थी र शिक्षकलाई नविनतम प्राविधिक उपकरणसँग अभ्यस्त बनाउन महानगरले डिजिटल एण्ड वियोण्डसँगको सहकार्यमा प्रविधि विस्तार गरिरहेको छ ।

    FB_IMG_1693017414882.jpg

     

    images
    शनिवार, भाद्र ९ २०८००८:४१:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार