शनिवार, भाद्र ९ २०८०
भदौ, ९ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय इन्जिनियरिङ अध्ययन संस्थान IOE ले इन्जिनियरिङ प्रवेश परिक्षा अर्को सूचना नआइन्जेल सम्मको लागि स्थगित गरेकोछ।
संस्थानको डिन कार्यलयले एक बिज्ञप्ति जारी गर्दै मिति २०८० भदौ ५ गते देखि संचालन गरेको बि.ई./ बि.आर्क. प्रवेश परिक्षा र सार्वजनिक गरेको भर्ना शुल्क सम्बन्धमा सरोकार वालाबाट चाँसो र बिरोध व्यक्त गरिएकोले प्रवेश परीक्षा सम्बन्धी २०७० भदौ १९ गते पछाडिका सम्पुर्ण तालिकाहरु अर्को सूचना प्रकाशित नहुन्जेल स्थगित गरेको बताइएको छ।
यस बर्षबाट भर्ना हुने नयाँ विद्यार्थीहरुलाई लागू हुने गरि आंगिक क्याम्पसको बि.ई/बि.आर्क भर्ना शुल्कमा गरिएको समायोजन पश्चात् सरोकार वालाबाट भएको ध्यानाकर्षण गंभिर रुपमा लिएको सुचनामा उल्लेख गरिएकोछ।
बि.सं. २०५४ सालमा पुर्ण शुल्किय कार्यक्रम शुरूवात गर्दा कायम गरिएको भर्ना शुल्कमा सामान्य हेरफेर बाहेक बिगत २६ बर्ष देखि केही तात्विक परिवर्तन नभएको भन्दै सरकारले दिदै आएको बजेटमा कटौती र बढ्दो विद्यार्थी अनुपात, अपुग शिक्षक कर्मचारिको दरवन्दी, तलवभत्ता, बजारमा देखिएको मूल्यवृद्धि र मुद्रास्फीति आदि कारणले आंगिक क्याम्पसको चालू खर्च समेत धान्न नसक्ने भएकोले नियमित आर्थिक श्रोत सुनिस्चित गर्न शुल्कमा वृद्धि गरिएको बताइएको बताइएको छ।
साथै बिज्ञप्ति मार्फत आन्दोलनरत विद्यार्थी तथा अन्य सरोकार वाला पक्षलाई समस्या समाधानका लागि बार्ता र छलफलमा आमन्त्रण गरिएको छ।
