आइतवार, भाद्र १० २०८०
भदौ, १० काठमाडौ । राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) नागार्जुन नगर समितिको तेस्रो नगराधिवेशन सप्पन्न भएको छ। शनिवार काठमाडौको कलंकी स्थित ब्याङ्क्युटमा निवर्तमान अध्यक्ष शिवराम गिरिको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेशनल प्याब्सनका अध्यक्ष पाण्डव हमाल, सहअध्यक्ष सुवास न्यौपाने, महासचिव पारशमणी दाहाल, उपमहासचिव, प्रकाश्चन्द्र खड्का, प्रदेश सचिव गेन्द्र लामा, काठमाडौ जिल्ला अध्यक्ष खडक बस्नेत लगाएत नगर अध्यक्ष, पदाधिकारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न केन्द्रिय अध्यक्ष लगाएत पदाधिकारी र नगरका अध्यक्षहरुले शुभकामना मन्तव्य दिनुभयो ।
अधिवेशनमा केन्द्रिय अध्यक्ष पान्डव हमालले शैक्षिक क्रियाकलापका साथसाथै आफ्नो लगानी सुरक्षाका लागि पालिका, जिल्ला र प्रदेशमा जुन हिसावले आफ्नो शक्ति प्रदर्सन गर्नुभयो त्यसको लागि धन्यवाद व्यक्त गर्नु भयो। त्यसैगरी सहअध्यक्ष सुवास न्यौपानेले हाम्रो अस्तित्वको लागि निरन्तर लाग्नुपर्ने बताउनुभयो । उहाँले शिक्षामा राज्यले निजि संस्थानको योगदानको कदर गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी मन्तव्य: केन्द्रीय उपमहासचिव प्रकाशचन्द्र खड्काले हामी हाम्रो लगानिलाइ जोगाउन सक्छौ कि सक्दैनौ भन्ने चुनौती रहेको भन्दै लगानिको सुरक्षा गर्न जस्तोसुकै अवस्थामा समेत खुट्टा टेक्न सक्नुपर्ने बताउनुभयो। साथसाथै उहाँले शिक्षामा ठूलो संख्यामा रोजगार सिर्जना गरेका र हामिले सरकारलाई कर तिर्दा समेत, हामिलाई माफिया किन भनियो? यसको जवाफ खोज्नुपर्ने बताउनु भयो। उहाँले निजि लगानिकर्ता माफिया नभै राज्यको मेरुदण्डकोव्रुपमा काम गरेको बताउनुभयो ।
त्यसैगरी अधिवेशनमा प्रदेश सचिव गेन्द्र लामा, जिल्ला अध्यक्ष खडक बस्नेत, सचिव अमृत खड्का लगायत्ले शुभकामना मन्तव्य दिनुभयो।
नगर अधिवेशन बाट चन्द्र क्षेत्रिको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी गठन गरेको छ। नगरपालिकामा हाम २५ सस्था नेशनल प्याब्सनमा आबद्ध रहेको बताइएको छ। नवनिर्वाचित नगर समितिका सदस्यहरुको नाम लिस्ट यस्तो रहेको छ।: अध्यक्ष - चन्द्र क्षेत्री, उपाध्यक्ष - अर्जुन पाठक, सचिब- निर्मला श्रेष्ठ, सह-सचिब- माधब बेलबासे, केषाध्यक्ष दिलिप बरसिंह थापा, सदस्यहरु - एकराज कुवर, पल्पसा महर्जन, अम्बर क्षेत्री, अम्बिका भण्डारी, घनश्याम बलामी, होमनाथ अधिकारी ।

नेशनल प्याब्सन काठमाडौले भदौ १६ गते काठमाडौ महानगरको अधिवेशन गर्ने भएको छ भने १८ गते उपत्यकालाइ केन्द्रमा राखी लोक सांस्कृतिक नृत्य प्रतियोगिता गर्ने भएको छ। त्यसैगरि आगामी भाद्र २७ गते : काठमाडौ जिल्ला आठौ अधिवेशन गर्नलागेको छ।