Jul 27 2026 | २०८३, श्रावण ११ गते

एनप्याब्सन काठमाडौँको अध्यक्षमा अमृत खड्का र होमबहादुर अधिकारी, उपाध्यक्षमा समिर तथा सचिवमा राजन उमेदवारी

एनप्याब्सन काठमाडौँको अध्यक्षमा अमृत खड्का र होमबहादुर अधिकारी, उपाध्यक्षमा समिर तथा सचिवमा राजन उमेदवारी

  • 912
    SHARES

  • एनप्याब्सन काठमाडौँको अध्यक्षमा अमृत खड्का र होमबहादुर अधिकारी, उपाध्यक्षमा समिर तथा सचिवमा राजन उमेदवारी

    काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्लाको ८ औं अधिवेशन आगामी भदौ २७ गते सोल्टी होटलमा हुने भएको छ। एनप्याब्सनले जिल्ला अधिवेशनको लागि तयारी तिब्र गरेको छ।

    यस संगै विभिन्न ब्यक्तिहरुले अधिवेशनमा उम्मेद्बारीको तयारी गरेका छन। नेशनल प्याब्सनका काठमाडौ जिल्ला सचीव रहेका अमृत खड्काले आठौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

    नेशनल प्याब्सनका तर्फबाट निजी विद्यालयहरुका आवाज निरन्तर उठान गरी साङ्गठानिक चुनौतीको सामना गर्दै आफूले सङ्गठनका कर्मठ सिपाहीको हैसियतमा विगत १५ वर्ष देखि अनवरत रुपमा काठमाडौं जिल्लाको कार्यसमितिमा रही साङ्गठानिक भूमिका कुशलतापूर्वक निर्वाह गरिरहनु भएका खड्काले हाल निरन्तरता र क्रियासिलताको हिसाबमा सबै सदस्य विद्यालयको मर्म र भावना अनुरुप काम गर्न आफूले आगामी कार्यकालको लागि अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न आफूले उम्मेदवारी दिन लागेको बताए।

    Screenshot_20230901-090739_Facebook.jpg८औं अधिवेशनमा अध्यक्षको उमेदवारको प्रत्यासी अमृत खड्का

    यसै क्रममा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलका प्रिन्सिपल होम बहादुर अधिकारी (मनोज)ले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन्। अधिकारी हाल नेशनल प्याब्सन काठमाडौं जिल्लाको उपाध्यक्ष तथा तालिम विभाग प्रमुख रहेर काम गरिरहेका छन।

    उनले दर्जनौ अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका लिडर तथा शिक्षक तालिम कुशलता र सफतापूर्वक सम्पन्न गरिसकेका अधिकारी आफू अध्यक्ष बन्ने कुरामा शत प्रतिशत विश्वस्त रहेको बताउछन् ।

    सामुहिक नेतृत्व प्रणालीबाट एक सदस्य वा पदाधिकारी एक जिम्मेवारी मार्फत निजि विद्यालयको ब्रान्डिङ र स्तर वृद्धि, आपतकालीन कोष स्थापना, गुणस्तरीय शैक्षिक वातावरण, वैज्ञानिक मुल्यांकन प्रणाली र विद्यार्थीहरुको व्यवहारिक सीप विकास केन्द्रित रहने अध्यक्षका प्रत्यासी अधिकारिले बताए ।

    Screenshot_20230901-093355_Messenger.jpg८औं अधिवेशनमा अध्यक्षको उमेदवारको प्रत्यासी होमबहादुर अधिकारी

    त्यसैगरि नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको उपाध्यक्ष पदमा समिर बास्तोलाले उम्मेदवारी दिने भएका छन।

    हाल काठमाडौ जिल्ला समितिका सह- सचिव पदमा रहेका बास्तोलाले काठमाडौँ जिल्ला समितिमा रहेर २ कार्यकाल काम गरिसकेका छन भने, हालको कार्यसमितिको सचिवालय सदस्य तथा प्रकासन विभाग प्रमुख भएर काम गर्दै आएका छन।

    यस अगाडि बास्तोला नेशनल प्याब्सनको परीक्षा विभाग सह संयोजक भएर काम गरेका थिए।

    FB_IMG_1693538510701.jpg८औं अधिवेशनमा उपाध्यक्ष पदका प्रत्यासी समीर बास्तोला 

    त्यसैगरी नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिको सचिवमा राजन श्रेष्ठले उम्मेदवारी दिने भएका छन।

    काठमाडौं जिल्ला समितिमा २ कार्यकाल कार्यसमिति सदस्य भएर काम गरिसकेका श्रेष्ठ बर्तमान कार्यसमितिमा सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख भएर काम गरिरहेकाछन। उनले यस अगाडिको कार्यकालमा स्वास्थ्य विभाग प्रमुख भएका थिए । नेशनल प्याब्सनका हरेक कार्यक्रम तथा गतिविधिमा सक्रिय सहभागी हुने उनी मनास्लु वर्ल्ड स्कुल तथा कलेजको प्रिन्सिपल समेत हुन् ।श्रेष्ठ हाल अँग्रेजीमा एमफिल सकेर पिएचडी गर्दैहुनुहुन्छ ।

    FB_IMG_1693539550621.jpg८औ अधिवेशनमा सचिव पदका प्रत्यासी राजन श्रेष्ठ 

    आफ्नो उम्मेद्बारीको बारे चारै जनाले केन्द्र, प्रदेश, जिल्लाका अग्रजहरुसँग समन्वय गर्दैे सल्लाह सुझाव अनुसार सङ्गठनलाई थप उचाइमा पुर्‍याउनको लागि स्थानीय समितिहरुको प्रभावकारी भूमिकालाई स्थापित गरी स्थानीय पालिका र नगरसमितिसँगको साझेदारी कार्यक्रम सञ्चालन गर्दै सदस्य विद्यालयलाई सबल र सक्षमता पूर्वक सामूहिक अपनत्व हुने गरी निजी क्षेत्रको लगानीलाई सञ्चालक र विद्यालयमैत्री बनाई लगानी सुरक्षा र संवर्धन कार्यमा जस्तोसुकै मुल्य चुकाएर भए पनि नतिजामुखी काम गर्ने बताएका छन ।

    उनिहरुले निजी विद्यालयका शिक्षक, कर्मचारी र लगानीकर्ताको हक, हित, संरक्षण र संवर्द्धन गर्नुका साथै उनीहरुको पेशागत तथा अन्य सुरक्षाको प्रत्याभूति दिलाउन आफू लागिपर्ने बताउए ।

    अध्यक्षद्वय, उपाध्यक्ष र सचिवका प्रत्यासी उमेदवार चारै जनाले नेशनल प्याब्सनको गरिमा र साङ्गठानिक कार्यलाई थप सुदृढ र एकताबद्ध ढङ्गले अघि बढाउदै निजी विद्यालयका शिक्षक, कर्मचारी र लगानीकर्ताको हक, हित, संरक्षण र संवर्द्धन उनीहरुको पेशागत तथा अन्य सुरक्षाको प्रत्याभूति दिलाउन लागि पर्ने बताएका छन।

     

    images
    शुक्रवार, भाद्र १५ २०८००९:५७:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार