Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेशनल प्याव्सन महानगर कमिटीको अध्यक्षमा विजयकुमार खरेलले उम्मेद्बारी दिने

नेशनल प्याव्सन महानगर कमिटीको अध्यक्षमा विजयकुमार खरेलले उम्मेद्बारी दिने

  • 539
    SHARES

  • नेशनल प्याव्सन महानगर कमिटीको अध्यक्षमा विजयकुमार खरेलले उम्मेद्बारी दिने

    नेशनल प्याब्सन काठमाडौ महानगरको दोस्रो अधिवेशन भोलि भदौ १६ गते हुदैछ। अधिवेशन को कार्य तिब्र बन्दै जाँदा शैक्षिक संस्था संचालक विभिन्न ब्यक्तिहरुले आफ्नो उम्मेद्बारी दिने घोषणा गरेका छन।

    यसै क्रममा शैक्षिक क्षेत्रमा विगत ३५ बर्षदेखि विद्यार्थीको शैक्षिक उन्नयनका लागि आफ्नो जीवनको महत्वपूर्ण र उर्वर समय विद्यालय शिक्षादेखि विश्वविद्यालयको शिक्षासम्म अर्पण गर्दै विद्यालयको अंगे्रजी तथा सामाजीक अध्ययन विषयहरुको पुस्तकहरु प्रकाशन तथा संपादन गर्दै, विभिन्न प्रकारका प्रशिक्षणहरु संचालन गर्दै आज पनि अनवरत रुपमा काम गर्ने बिजय कुमार खरेलले आफ्नो उम्मेद्बारी दिने घोषणा गर्नुभएको छ।

    नेशनल प्याव्सन काठमाडौं महानगर कमिटीको अध्यक्ष पदमा मेरो (बिजयकुरार खरेल) उमेद्धारी किन ?

    १. नेशनल प्याव्सन जस्तो गरिमामय शैक्षिक संगठनलाई अझ मजवुुद, एकवद्ध, सवल र सुदृढ बनाउदै शैक्षिक गतिविधिलाई अझ गुणस्तरीय बनाउन ।

    २. नेशनल प्याव्सनको स्थानीय, जिल्ला, प्रदेश तथा केन्द्रसँग परामर्श गर्दै नितिगत, शैक्षिक, सांगठनिक गतिविधीहरुलाई सकृय रुपमा अगाडी बढाउन ।

    ३.काठमाडौं महानगरका विद्यालयहरुको हकहित तथा संरक्षणको लागि आवश्यक कार्यहरु अगाडि बढाउन ।

    ४. विद्यालयको उन्नयनको लागि वार्षिक क्यालेन्डर निर्माण गर्दै गुणस्तरीय शैक्षिक तथा अतिरिक्त कृयाकलापहरु, प्रशिक्षण तथा कार्यशाला संचालन गर्न ।

    ५. सांगठनिक विस्तारको लागि काठमाडौं महानगरपालिकामा रहेका विद्यालयहरुको सङ्ख्या बढाउदै आफ्नो संस्थालाई दरिलो र दर्विलो बनाउन ।

    विगतमा लिइएको सांगठनिक जिम्मेवारीहरु :

    १. २०५८ सालदेखि संगठनको सदस्य रहि संगठनका गतिविधिलाई पृष्ठपोषण गरेको ।

    २. नेशनल प्याव्सन काठमाडौं जिल्लामा वरिष्ठ सदस्य भई कार्यकाल पूरा गरिसकेको ।

    ३. संगठनले दिइएको सबैखालका जिम्मेवारीहरु अनवरतरुपमा पूरा गर्दै आएको ।

    ४. अघिल्लो कार्यकालमा (२०७६/२०८०)मा महानगर उपाध्यक्ष जस्तो गरीमामय पदमा बसि पदीय मर्यदालाई पालना गरी एक कार्यकाल काम गरीसकेको ।

    ५. नेशनल प्याव्सनको Cluster SAAT को दुई कार्यकाल अध्यक्ष भई विद्यार्थीको सर्वाङ्गीण विकासका लागि काम गरीसकेको साथै संगठन विस्तारमा महत्वपूर्ण योगदान दिएको ।

    यस संगै काठमाडौ महानगर प्रमुखमा दुई जनाको मित्रवत दावी देखिएको छ। यसअघि कामना इन्टरनेशनल स्कुलका प्रिन्सिपल नवराज पाण्डेले समेत आफ्नो उम्मेद्बारी घोषणा गरेका छन।

     

    images
    शुक्रवार, भाद्र १५ २०८००४:४२:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार