शुक्रवार, भाद्र १५ २०८०
भदौ, १५ गते महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा बिद्यार्थी संगठनले तोडफोड गरेको छ। बिश्वबिद्धालय परीक्षा नियन्त्रण कार्यालयमा नेकपा समाजवादी निकट अनेरास्ववियूले शुक्रबार दिउँसो तोडफोड गरेको हो।
उनिहरुले आफ्नो माग पुरा नभएको भन्दै कार्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथ र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा तोडफोड गरेको बताइएको छ। घटनामा परीक्षा नियन्त्रक नाथ र सिंहको कार्यकक्षमा रहेका टेबुल, सिसा, कुर्सीलगायत अन्य कार्यालय सामग्रीमा क्षति पुगेको छ । १२÷१५ जनाको समूहमा आएका विद्यार्थी समूहले कामकाज चलिरहेकै बेला तोडफोड गरेको परीक्षा नियन्त्रक नाथ ले बताउनुभयो ।
अनेरास्ववियु कञ्चनपुरका नेताले स्नातक तह छैटौँ सेमेस्टर समाजशास्त्र विषयको प्रश्नपत्रमा त्रुटि भएको भन्दै परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटिलाई सच्याउनुपर्ने माग अघि सारेर गत साउन १८ गतेदेखि कार्यालयमा तालाबन्दी गरेको थियो । उक्त ताला पाँच दिनअघि प्रशासनले तोडेको थियो ।
यता विद्यार्थी संगठनले भने आफूहरूसँग सल्लाह नै नगरी विद्यार्थीले लगाएर ताला खोलिएको विषयमा आफूहरुको असन्तुष्टि रहेको समाजवादीनिकट अनेरास्ववियूले जनाएको छ ।
बिश्वबिद्धालयका अनुसार “घटनाबारे हामीले प्रहरीलाई विस्तृतमा जानकारी गराइसकेकको बताइएको छ। विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले तोडफोड गर्नेमाथि कानुनी कारबाहीको माग अघि सारेको छ।