Oct 02 2026 | २०८३, आश्विन १६ गते

कुलेश्वर आवास क्याम्पस (KAC)द्वारा धन्यवाद ज्ञापन

कुलेश्वर आवास क्याम्पस (KAC)द्वारा धन्यवाद ज्ञापन

  • 848
    SHARES

  • कुलेश्वर आवास क्याम्पस (KAC)द्वारा धन्यवाद ज्ञापन

    भदौ, १५ गते काठमाडौ । कुलेश्व आवास क्याम्पसले BIT ल्याउन सहयोग गर्ने ब्यक्ति, संस्था, स्थानिय र बैंकिङ क्षेत्रका प्रबुद्ध मानिसहरुलाई धन्यवाद ज्ञपन गरेकोछ। शुक्रवार एक कार्यक्रम गर्दै क्याम्पसले विभिन्न क्षेत्रमा रहेर सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गरेको हो।

    सार्वजनिक शैक्षिक गुठी अन्तर्गत संचालित सामुदायिक क्याम्पसले यस बर्ष देखि पुर्वाञ्चल बिश्वबिद्धालयबाट सम्बन्धन लिएर स्नातक तहमा Bachelor Of Information Technilogy (BIT) पठनपाठन पाठन संचालन गर्दैछ।

    उक्त कार्यक्रम क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाश भण्डारिले संचालन गर्नुभयो भने क्याम्पस संचालन समितिका अध्यक्ष भेषनारायण दाहालले सभापतित्वको आसन ग्रहण गर्नुभयो। कार्यक्रममा क्याम्पस प्रमुख मेघराज दुलाल, कुलेश्व आवास का अध्यक्ष तथा संचालक समिती सदस्य राजु दाहाल, सुरेस सुवेदी, नारायण जिसि, गोपालप्रसाद दुलाल, टेकराज पोख्रेल, सगरमाथा क्याम्पसका प्रमुख रमेश श्रेष्ठ, माछापुच्छ्रे बैंक कुलेश्वर शाखाका प्रतिमिधिहरु, किस्ट कलेजका कोर्डिनेटर लगाएत प्रतिनिधिहरु तथा स्थानिय प्रबुद्ध ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

    उक्त कार्यक्रम BIT ल्याउन सहयोग गरेका संस्था र प्रतिनिधिहरुलाई धन्यवाद ज्ञपन गर्न आयोजना गरिएको थियो। कार्यक्रममा क्याम्पसका संचलक समितिका सदस्य गोपाल प्रसाद दुलालले स्वागत मन्तव्य राख्नुभयो।

    कार्यक्रममा सगरमाथा कलेजा प्रमुख रमेश श्रेष्ठले नाफारहित सार्वजनिक शैक्षिक गुठी अन्तर्गत संचालित सामुदायिक बिद्यालय बिश्वबिद्धालयबाट सम्बन्धन प्राप्त गरि क्याम्पसको रुपमा स्थापित कुलेश्वर आवास क्याम्पसमा न्यून आए भएका विद्यार्थीहरु प्राबिधिक शिक्षा पढ्न सक्ने भएकोले आफुले सहयोग गरेको बताउनु भयो।

    त्यसैगरी कार्यक्रममा किस्ट कलेजका BIT कोर्डिनेटर दिपक खड्काले आजयो सुचना प्रबिधिको युगमा IT सबैको चाँसो र अति आवस्यक बिषय भएकोले यसको लागि एउटा पेशागत शिक्षकको रुपमा सधै सहयोग गर्ने बताउनु भयो। उहाँले बिआइटी पढ्ने विद्यार्थी कोहि पनि बेरोजगार नहुने र अझै जनशक्ति अभाव भएको बताउनु भयो।<> उक्त कार्यक्रममा क्याम्पस प्रमुख मोघराज दुलालले क्याम्पस स्थापित गर्न ठुल्ठुलो चुनौती थियो र सबैको सहयोगले स्थापुत गर्न सकेको भन्दै धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरिएको बताउनु भयो। उहाँले शुरुमा यसको भविस्य के हुने हो? चल्ने हो कि होइन? विद्यार्थी आउछन कि आउदैनन? विद्यार्थी आएपनी गुणस्तर मापदण्ड पूरा गर्न सक्छौकी सक्दैनौ भन्ने चुनौतीहरु रहे पनि सबैको सहयोगमा सम्बन्धन ल्याउन सफल भएको र अब गुणस्तरमा केन्द्रित रहने बताउनु भयो।

    कार्यक्रमको अन्त्यमा क्याम्पस संचालन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति भेषनारायण दाहालले आफू लामो समय राज्यको कर्मचारी तन्त्रमा इमान्दारी पुर्वक क गरेको र उक्त पेशाबाट पेन्शन भएपछि आफ्नै समुदायमा शैक्षिक क्षेत्रमा केही गरौ भनेर लागिपरेको बताउनु भयो। उहाँले सबैको साथ र सहयोग पाए हरेक चुनौतिहरु पार लगाउन सकिने भन्दै कुलेश्वर आवास क्याम्पसलाइ मोडेलको रुपमा संचालन गर्नेबताउनु भयो।

    २०४६ सालमा स्थापित कुलेस्वर आवास स्कुल २०५६ मा SLC, २०६६ मा सार्वजनिक शैक्षिक गुठिमा समावेस, २०७५ देखि कक्षा ११/१२ पठनपाठन शुरु भएको र २०८०/८० मा पुर्वाञ्चल बिश्वबिद्धालय बाट सम्बन्धम लिएर BIT पठनपाठन संचालन गरेको छ।

     

    images
    शनिवार, भाद्र १६ २०८००८:२०:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार