शनिवार, भाद्र १६ २०८०
भदौ, १६ काठमाडौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय सामाजिक परीक्षण मापदण्ड कार्यान्वयन गर्न सबै स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।
विद्यालय शिक्षालाई सहभागितामूलक, पारदर्शी एवं जवाफदेही बनाई, विद्यालय शिक्षा पद्दतीको सुदृढीकरण गर्ने उद्देश्यले कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयबाट स्वीकृत भई कार्यन्वयनमा रहेको विद्यालय सामाजिक परीक्षण मापदण्ड–२०७८ बमोजिम सामाजिक परीक्षण गर्न केन्द्रले सबै स्थानीय तहहरूलाई अनुरोध गरेको छ ।
