Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेशनल प्याब्सन काठमाडौको सह-सचिवमा शिवराम गिरिको उम्मेद्बारी

नेशनल प्याब्सन काठमाडौको सह-सचिवमा शिवराम गिरिको उम्मेद्बारी

  • 1.5K
    SHARES

  • नेशनल प्याब्सन काठमाडौको सह-सचिवमा शिवराम गिरिको उम्मेद्बारी

    भदौ, १७ गते काठमाडौ । राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौको आठौ अधिवेशनमा नेतृत्वको लागि तिब्र प्रतिस्पर्धा देखिएको छ। भदौ २७ मा हुने अधिवेशनमा पदाधिकारी पदहरुमा नेतृत्वको लागि विभिन्न ब्यक्तिहरुले तिब्र प्रचारप्रसार गरेका छन।

    यस संगै नागार्जुन नगरपालिकामा अवस्थित माइल स्टोन इङलिस स्कुलका प्रिन्सिपल शिवराम गिरिले सह-सचिवमा आफ्नो उम्मेद्बारी घोषणा गर्नुभएको छ। उहाँले नेशनल प्याब्सन नागार्जुनको प्रथम अधिवेशनबाट सचिव र दोस्रो अधिवेशन बाट अध्यक्ष पदमा निर्वाचित भई दुई कार्यकाल सफलता पुर्वक सम्पन्न गरि सक्नुभएको छ।

    सामाजिक तथा शैक्षिक ब्याक्तित्व गिरि Central for Academic Development (CAD Nepal) का पुर्व सहसचिव र नेपाल युनेस्को संघ संथा क्लबहरुको राष्ट्रिय महासंघ (NAFUCAN) बागमती प्रदेशको उपाध्यक्ष समेत हुनुहुन्छ । बिगत १९ बर्ष देखि निजि लगानिका बिद्यालय संचालक गिरि नेशनल प्याब्सन काठमाडौंको जिल्ला परीक्षा समितिमा समेत रहि एक कार्यकाल काम गरि सक्नुभएको छ।

    नागार्जुन नगरपालिका नगर शिक्षा समितिका सदस्य र नागार्जुन स्थानिय पाठ्यक्रम लेखन सम्पादन समितिका सदस्य समेत रहेका बौद्धिक, शालिन र कुशल ब्याक्तित्वको रुपमा चिनिदै आएका गिरि शैक्षिक क्षेत्रमा परिचीत हुनुहुन्छ ।

    गुणस्तरीय शिक्षा र बालबालिकामा सकारात्मक परिवर्तन प्रबाहको लागि उद्धेलित गर्नका साथै संचालकहरुको लगानिको सुरक्षा र नेशनल प्याब्सनको गरिमा बढाउनको लागि आफ्नो उम्मेद्बारी रहेकोले सह-सचिव पदमा निर्वाचित गराउन सबै बिद्यालय प्रतिनिधिहरुलाई अपिल गर्नुभएको छ।

     

    images
    आइतवार, भाद्र १७ २०८००९:४६:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार