Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेशनल प्याब्सन काठमाडौ महानगरको अध्यक्षमा खरेल र बरिस्ठ उपाध्यक्ष पाण्डे निर्वाचित

नेशनल प्याब्सन काठमाडौ महानगरको अध्यक्षमा खरेल र बरिस्ठ उपाध्यक्ष पाण्डे निर्वाचित

  • 414
    SHARES

  • नेशनल प्याब्सन काठमाडौ महानगरको अध्यक्षमा खरेल र बरिस्ठ उपाध्यक्ष पाण्डे निर्वाचित

    भदौ, १७ काठमाडौ । राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौ महानगरको दोस्रो अधिवेशनमा बिजय खरेल अध्यक्ष र नवराज पाण्डे बरिस्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। शनिवार काठमाडौको धुम्बाराही स्थित दियो पार्टी प्यालेसमा भएको अधिवेशनमा अध्यक्ष पदमा खरेल र वरिष्ठ उपाध्यक्षमा पाण्डे सर्वसम्मतिबाट निर्वाचित हुनुभएको हो। यसअघि खरेल र पाण्डे दुबै जनाले अध्यक्ष पदको दावी गरेका थिए।

    अधिवेशन निवर्तमान अध्यक्ष भीष्म पाण्डेको सभापतित्वमा भएको भएको थियो। भने नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष पाण्डव हमाल प्रमुख अतिथिको रुपमा सहभागी हुनुभयो। त्यसैगरी बिशेष अतिथिमा केन्द्रिय सह-अध्यक्ष सुवास न्यौपाने, पुर्व अध्यक्ष कर्ण बहादुर शाही, रितुराज सापकोटा, बर्तमान उपाध्यक्ष डम्मर कार्की, महासचिव पारसमणी दाहाल, काठमाडौ जिल्ला अध्यक्ष खडक बस्नेत लगाएत बागमती प्रदेश पदाधिकारी, काठमाडौ जिल्ला पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

    अधिवेशनको उद्घाटन सत्रमा निवर्तमान महानगर उपाध्यक्ष बिजय खरेलले स्वागत मन्तव्य दिनुभयो। भने केन्द्रिय अध्यक्ष पाण्डव हमाल, सह-अध्यक्ष सुवास न्यौपाने, कर्ण बहादुर शाहिले शुभकामना मन्तव्य दिनुभयो। मन्तव्यको क्रममा प्रमुख अतिथि हमालले शिक्षामा निजि क्षेत्रले गरेको लगानी सुरक्षा र त्यसको योगदानको कदर हुनुपर्ने भन्दै त्यसको लागि निरन्तर लढ्न आवस्यक रहेको बताउनुभयो। त्यसैगरी संगठनको मामुलामा नेतृत्वमा आउन आफ्नो उम्मेद्बारी दावी गर्नु सकारात्मक रहेको भन्दै हरेक स्थानिय तहमा एनब्यासनलाई सक्रिय बनाउनुपर्ने बताउनुभयो।

    त्यसैगरी शुभकामना मन्तव्यको क्रममा सह-अध्यक्ष सुवास न्यौपानेले नेशनल प्याब्सनले काठमाडौ महानगरले जुन आकार लिन सफल भएको छ त्यसको लागि निवर्तमान अध्यक्ष भीष्म पाण्डेलाई हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले आधा सताव्दि निजि बिद्यालयको इतिहासमा धेरै आरोह अबरोहहरु आएको भन्दै कम्पनीले दिएको सुविधा अनुसार पैत्रिक सम्पतिको पुस्तान्तरण र सुरक्षा हुने भएकोले हामिले हाम्रो पुख्र्यौली सम्पती समेत शिक्षामा लगानी गरेर ऐले हामी यो अवस्थामा आएका र त्यसको सुरक्षा गर्न जुनसुकै अवस्थामा समेत संघर्ष गर्ने बताउनुभयो। उहाँले झन्डै ८ खरबको लगानी भएको र झन्डै २ लाख ५० हजार रोजगार सिर्जना गरेको निनि क्षेत्रमा हामिले हाम्रो लगानी सुरक्षीत हुन्छ भनेर लगानी गरेका हौ। तर संघिय शिक्षा ऐन आउदा हामिलाइ झस्क्याएको छ। यो अन्यौलतालाइ हटाउनुपर्छ न्यौपानेले भने।

    संघिय शिक्षा ऐन नबन्दा शिक्षा क्षेत्रको अवस्था अस्तब्यस्त बनेको छ। शिक्षा बिधेयक चाँडो आउनु पर्छ तर ५ बर्ष भित्रमा आफ्नो दायित्व फरफारक गरेर सार्वजनिक गुठिमा जानू पर्ने भन्ने कुरा अमान्य छ न्यौपानेले भने। उहाँले कम्पनी अन्तर्गत रहेको सम्पतिलाइ राष्ट्रिय करण गर्ने विधि फरक हुनसक्छ। गूडविलको मुल्यांकन गरि लगानी सुरक्षित गर्यो भने हामी तयार छौ। अन्यथा सडकमा आउनु हाम्रो बाध्यता रहेको बताउनुभयो। उहाँले सरकारले सरोकारवाला पक्षसँग छलफल गरेर मात्रै बिधेयक आउँछ भन्ने आश्वासन पाएको समेत बताए।

    त्यसैगरी अधिवेशनमा नेतृत्व सबल र सक्षम आउने भन्दै सक्षम नेतृत्व आउनको लागि चुनाव होइन सर्वसहमती अनुसार आउनुपर्ने बताउनुभयो। उहाँले चुनाव हुदैन, यो राजनीतिक संगठन होइन व्यावसायिक संगठन हो, यसलाइ ब्यबस्थित कसरी बनाउने त्यो महत्वपूर्ण हुन्छ भन्दै गुणस्तरीय जनशक्ति कसरी उत्पादन गर्न सकिन्छ त्यता छलफल गरौ। शिक्षकको अभावाक कसरी अन्त्य गर्ने त्यसबारे छलफल गरौ न्यौपानेले भने।

    अधिवेशनमा पुर्व अध्यक्ष कर्ण शाही, बागमती प्रदेश अध्यक्ष, काठमाडौ जिल्ला अध्यक्ष, उपाध्यक्ष र सचिव समेतले शुभकामना मन्तव्य दिनुभयो। 

    अधिवेशनले १५ सदस्यीय समिती गठन गरेको छ।

    यस्तो छ पदाधिकारीको टिम सहित सदस्यहरु

    अध्यक्ष : बिजय कुमार खरेल

    बरिस्ठ उपाध्यक्ष: नवराज पाण्डे

    उपाध्यक्ष : शेरबहादुर पौडेल

    सचिव : सुनिल केसि

    सह-सचीव : प्रकाश श्रेष्ठ 

    कोषाध्यक्ष : रनिस भट्टराई

    सहकोषाध्यक्ष टंक गैरे

    सदस्यहरु:

    निलमणी भट्टराई 

    टेकनाथ ढुङ्गाना

    मनिस श्रेष्ठ 

    ज्ञान महर्जन 

     

     

    images
    आइतवार, भाद्र १७ २०८०११:२१:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार