मंगलवार, भाद्र १९ २०८०
भदौ, १९ गते काठमाडौ । नेशनल प्याब्सन काठमाडौद्वारा आयोजित लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ। नेशनल प्याब्सनको पाचौँ संस्करणको उपत्यकाव्यापि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा काठमाडौँको टोखामा रहेको ग्लोरी स्कुल प्रथम तथा चुच्चेपाटीमा रहेको मनास्लु वल्ड स्कुल द्वितीय स्थान हात पारेका छन।
प्रतियोगितामा ७५ वटा विद्यालयहरूको सहभागीता रहेको थियो। उक्त प्रतियोगितामा उत्कृष्ट १० टिमलाई पुरस्कार बितरण गरिएको थियो भने सहभागी सबैलाई प्रमाणपत्रको व्यवस्था गरेको थियो। उक्त प्रतियोगितामा विपुल शिक्षा सदनले तृतीय स्थान, अर्किड पिपुल स्कुल चौथो, मेरिक एकेडेमी पाँचौ, मेलन धर्मस्थली छैटौ, गृनविच एकेडेमी सातौ, पिक पोइन्ट एकेडमी, ग्रिनफिल्ड नेशनल स्कुल नवौ र पिपल एकेडेमीले १० स्थान हात पारेका छन।

प्रतियोगितामा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगि विद्यालयले क्रमशः २५ हजार २० हजार र १५ हजारका दरले नगद पुरस्कारका साथमा प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेको हो भने उत्कृष्ट दश स्थान प्राप्त गर्ने प्रतियोगिले ट्रफि, मेडल र , प्रमाणपत्र मेडल प्राप्त गरेकाथिए। प्रतियोगितामा विद्यार्थीहरुले देशैभरिका विभिन्न संस्कृतिक र परम्परा झल्किने नृत्यहरु प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रमको सभापतित्व नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिका अध्यक्ष खड्ग बहादुर बस्नेतले गर्नुभएको थियो। भने लोक नृत्य प्रतियोगिता सम्पन्न गर्न संयोजन टंक थापाले गर्नुभएको थियो।
त्यसैगरी उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेत रहनु भएको थियो । त्यस्तै केन्द्रिय अध्यक्ष पाण्डप हमाल, सुवास न्यौपाने, प्रज्ञा प्रतिस्ठानका उपकुलपति भुपाल राई, नेशनल प्याब्सनका पुर्व अध्यक्षहरु, उपाध्यक्षय महासचिव, प्रदेश पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो।
लोक नृत्य प्रतियोगिताको औपचारिक उद्घाटनका क्रममा प्रमुख अतिथि शक्तिबहादुर बस्नेतले कला भनेको शिक्षा, समाज, जीवन र प्रकृलाइ बुझ्ने र त्यसलाइ बदल्ने कुरा भन्दै यसले मानिस भित्रका क्षमताहरुलाइ प्रस्फुटित गर्ने सहयोग गर्ने बताउनुभयो। हाम्रो आफ्नै समजाका आवस्यकता, सम्भवना, समस्या के हो भन्नेकुरा बुझाउन यसले सहयोग गर्दछ। कला साहित्य समाजलाइ जोड्ने पेचकिला हुन ।, कला साहित्य समाजलाइ हेर्ने दर्पण पनि हो। कला साहित्य हाम्रो देशलाइ बुझ्ने साधन पनि हो। भन्दै बस्नेतले बहुभाषिक, बहु सँस्कृतिक मुलुक मा नेपाली मौलिकता देशै भरी स्थापित गर्ने र बिबिधतालाइ सम्मान गर्ने र जोगाउने कुरा संग लोक नृत्य प्रतियोगिताले भुमिका खेल्ने धारणा राख्नुभयो।
त्यसैगरी उहाँले नेपाली मौलिकताको रक्षा गर्ने कुरा हाम्रो नेपाली पहिचान को रक्षा गर्ने कुरा संग सम्बन्ध पनि छ र यसले राष्ट्रियता र समाजिक एकताली बलियो बनाउने बतौनु भयो। कार्यक्रममा नेशनल प्याब्सनका अध्यक्ष, सह-अध्यक्षले शुभकामना मन्तव्य दिनुभयो भने । उहाँहरुले बालबालिकाको सर्बाङ्गिण बिकासको लागि साथै हाम्रो संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्नका लागि कार्यक्रमको आयोजना गरेको बताउनुभयो।