Jul 27 2026 | २०८३, श्रावण ११ गते

कोभिड १९ का कारण एक हजार बढी निजी विद्यालय बन्दहुने अवस्थामा

कोभिड १९ का कारण एक हजार बढी निजी विद्यालय बन्दहुने अवस्थामा

  • 903
    SHARES

  • कोभिड १९ का  कारण एक हजार बढी  निजी विद्यालय बन्दहुने अवस्थामा

    कोबिड १९ (Covid 19) माहामारीका कारण देशैभरी एक हजार भन्दा बढी निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका बताइएकोछ् ।

    निजी तथा आवासीय विद्यालय छाता सङ्गठन  (प्याब्सन) द्वारा आयोजित केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षको भेलाका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा यस्तोकुरा बताएका हुन् |

    प्याब्सनका अध्यक्ष टीकाराम पुरीले कोरोना सङ्क्रमणका कारण लामो समयदेखि पठनपाठन बन्द हुँदा शिशु कक्षादेखि १२ कक्षासम्मका करिब एक हजार भन्दा बढी विद्यालय बन्द हुने अवस्थामा पुगेको जानकारी दिए ।

    दुईदिने भेलामा केन्द्रीय कार्य समितिका ९० जनाको सहभागिता रहेको छ थियो |

    केन्द्रीय समितिको बैठकले गरेको निर्णयानुसार बन्द हुने अवस्थामा पुगेका विद्यालयको पूँजी तथा रोजगारी संरक्षण गर्न अन्य विद्यालयमा समाहित गर्न सरकारले विशेष सहुलित दिनुपर्ने बताए ।

    श्रोतका अनुसार अति प्रभावित निजी विद्यालयलाई बैंकबाट लिएको ऋणको सावा तथा ब्याज भुक्तानका लागि आगामी असार मसान्तसम्म समय थप दिनुपर्ने र त्यस अवधिमा कालो सूची तथा लिलामीको प्रक्रियामा नराख्न सरकारसँग आग्रह गरिने निर्णय भएको उनले बताए ।

     

    images
    सोमवार, माघ २६ २०७७१०:५०:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार