बुधवार, भाद्र २० २०८०
भदौ, २० गते, काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समयतालिका परिवर्तन गरेको छ । यसअघि ६ र ७ गते हुने भनिएको परीक्षा अब ९ र १० गते हुनेछ ।
राष्ट्रिय परिक्षा बोर्डले बिशेष कारणले तालिका संशोधन गरिएको जानकारी दिएकोछ।
नयाँ तालिका अनुसार असोज ९ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) विषयको परीक्षा दिनुपर्नेछ ।
त्यसैगरी असोज १० गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने छ ।
