बुधवार, भाद्र २० २०८०
भदौ, २० गोरखा । गोरखा जिल्लाकोको गण्डकी गाउँपालिकाले पालिकाभित्रका शिक्षकलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। गाउँपालिकाले गत १८ गते सार्वजनिक सूचनामार्फत राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन दिएको हो ।
यस गण्डकी गाउपालिकाभित्र पछिल्लो समय बिभिन्न राजनीतिक दलका कार्यक्रममा शिक्षकको सक्रिय सहभागिता रहेको फोटो तथा भिडियो सामाजिक सञ्जाल तथा कार्यलयलाई समेत प्राप्त भएकोले पालिकाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
शिक्षा नियमावली २०५९ तथा शिक्षक आचारसंहिताले शिक्षकहरुले राजनैतिक कार्यक्रममा सहभागी हुन नपाउने तथा सो गरेको पाइएमा बिभागिय सजाय समेत ब्यबस्था रहेको सूचनामार्फत जानकारी दिएको छ साथै बिद्यालयलाई आयोजना स्थल बनाइ राजनैतिक कार्यक्रम गर्न बताइएको छ।
पालिकाले बिद्यालय र विद्यार्थीलाई राजनैतिक कार्यक्रमबाट शैक्षिक गुणस्तरमा पर्न सक्ने प्रभाव बारे संवेदनशील हुन अनुरोध गर्दै शिक्षकहरुले राजनैतिक कार्यक्रममा सहभागी भएको पाइएमा प्रचलित कानुन बमोजिम कार्बाही हुने बताइएको छ।
