Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेशनल प्याब्सनको जिल्ला सचिवमा राजन श्रेष्ठको उम्मेद्बारी

नेशनल प्याब्सनको जिल्ला सचिवमा राजन श्रेष्ठको उम्मेद्बारी

  • 455
    SHARES

  • नेशनल प्याब्सनको जिल्ला सचिवमा राजन श्रेष्ठको उम्मेद्बारी

    भदौ, २१ काठमाडौँ । राष्ट्रिय तथा निजी आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिको सचिव पदमा राजन श्रेष्ठले उम्मेदवारी दिनुहुने भएको छ । आगामी भदौ २७ गते हुने काठमाडौँ जिल्ला समितिको आठौँ अधिवेशनमा श्रेष्ठले नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको सचिव पदमा उम्मेदवारी दिनुुहुने भएको हो ।

    राजन श्रेष्ठले काठमाडौँ जिल्ला समितिमा रहेर २ कार्यकाल कार्यसमिति सदस्य भएर काम गरिसक्नु भएको छ भने, हालको कार्यसमितिमा श्रेष्ठ सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख भएर काम गरिरहनु भएको छ ।

    यस अगाडि श्रेष्ठले नेशनल प्याब्सनको स्वास्थ्य विभाग प्रमुख भएर काम गरिसक्नु भएको छ । विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरूको संयोजन गर्दै श्रेष्ठले विभिन्न कार्यक्रमहरूलाई प्रभावकारी कार्यान्वयनमा महत्त्वपूर्ण भुमिका खेल्नु भएको छ ।

    हाल मनास्लु वर्ल्ड स्कुल तथा कलेजको प्रधानाध्यापकका रूपमा कार्यरत श्रेष्ठले विद्यालय तथा कलेज स्तरको शिक्षामा गुणस्तरीयता प्रदान गर्दै आइरहनुभएको छ ।

    हाल उहाँले अग्रेजी विषयमा एमफिल सकेर पिएचडी गर्दै हुनुहुन्छ । विभिन्न संघसंस्थामार्फत सामाजिक गतिविधिमा सक्रिय श्रेष्ठले नेशनल प्याब्सनमार्फत शिक्षा क्षेत्रमा काम गर्दै आइरहनु भएको छ । उहाँ प्याब्सकको अध्यक्ष समेत हुनुहुन्छ । श्रेष्ठ सामाजिक कार्यमा समेत सक्रिय रूपमा लागिरहनु भएको छ । उहाँ हाल लायन्स क्लबमा समेत आवद्ध हुनुहुन्छ ।

     

    images
    बिहिवार, भाद्र २१ २०८०१२:०५:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार