सोमवार, भाद्र २५ २०८०
भदौ, २५ गते काठमाडौ । नेपाल स्वास्थ्य व्यवसायी परिषदले आठौँ नाम दर्ता प्रमाणपत्र परीक्षा (Licensing Examination) को आबेदन भर्ने सम्बन्धी सुचना जारी गरेको छ। परिषदले स्नातकोत्तर (Specialization), स्नातक (Frist) र प्रमाणपत्र (Second) तहको परिक्षाको लागि आवेदन खुलेको हो।
परिक्षाको लागि मिति २०८० भदौ २४ देखि असोज २१ गतेसम्म नियमित र सोही २९ सम्म बिलम्ब शुल्कमा आवेदन दिन सकिने छ। आवेदन भर्न परिक्षार्थिले परिषद्को वेबसाईट nhpc.gov.np मा New Registration मा गएर अनलाइन आवेदन दिन सकिने छ।
