Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिवि सेवा आयोगका पदाधिकारीलाई कार्यक्षमा जान रोक

त्रिवि सेवा आयोगका पदाधिकारीलाई कार्यक्षमा जान रोक

  • 476
    SHARES

  • त्रिवि सेवा आयोगका पदाधिकारीलाई कार्यक्षमा जान रोक

    भदौ, २५ काठमाडौँ । अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरूलाई कार्यकक्षमा रोक लगाएको छ । यसअघि भदौ ७ गते १५ दिने अल्टिमेटम सहित ५ बुदे माग बुझाएको र आफूहरूले अघि सारेका मागहरू सुनुवाइ नगरेर बेवास्ता गरेको भन्दै आयोगका पदाधिकारीहरूलाई कार्यकक्षमा प्रदेश निषेध गरेको हो । 

    अनेरास्ववियुका जिल्ला कमिटी काठमाडौ अध्यक्ष समिरराज बिष्टका अनुसार त्रिवि सेवा आयोगले प्रयोग गर्दै आएको भवन छात्रावास प्रयोजनका लागि निर्माण गरिएको हुनाले उक्त भवन तत्काल खाली गर्नुपर्ने माग अघि सारेको तर हालसम्म पनि भवन खाली नगरिएको भन्दै आन्दोलन गर्नुपरेको बताए । 

    त्यस्तै त्रिविमा रिक्त रहेका उप–प्राध्यापक तथा कर्मचारीहरूको खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न नयाँ विज्ञापन जारी गरिनुपर्ने, त्रिवि सेवा आयोगको विज्ञापन नम्बर १८ को अदालतबाट फैसला भई सपाइ पाइसकेका पदहरूको नतिजा प्रकाशन गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।

     

    images
    सोमवार, भाद्र २५ २०८००८:११:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार