Jul 27 2026 | २०८३, श्रावण ११ गते

१३ हजारभन्दा बढी स्थायी शिक्षक एक वर्षमै नियुक्त

१३ हजारभन्दा बढी स्थायी शिक्षक एक वर्षमै नियुक्त

  • 762
    SHARES

  • १३ हजारभन्दा बढी स्थायी शिक्षक एक वर्षमै नियुक्त

    भदौ, २५ काठमाडौँ ।  शिक्षक सेवा आयोगले १३ हजार भन्दा बढी एक वर्षमै शिक्षकलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ । आयोगले प्राथमिक तह तृतीय श्रेणी, निम्नमाध्यमिक  र माध्यमिक गरेर तीन तहका लागि १३ हजार ४९४ जनालाई गत आर्थिक वर्ष २०७९/८० मा स्थायी शिक्षक नियुक्तका लागि सिफारिस गरेको हो ।  

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको  आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन अनुसार आयोगले १३ हजार ४९४ जना शिक्षकलाई सिफारिस गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक पदको खुला प्रतियोगिताका लागि माध्यमिक तर्फ १ हजार १८२ जना शिक्षकलाई स्थायी नियुक्तिका लागि  सिफारिस गरेको हो ।  

    त्यसैगरी १ हजार ९५९ जना शिक्षकलाई निम्नमाध्यमिक बिधालय  र १० हजार ३५३ जना शिक्षकलाई प्राथमिक बिधालय  तहमा स्थायी शिक्षक नियुक्तिका लागि केन्द्रलाई सिफारिस गरेको हो । त्यस्तै आयोगले गत वर्ष ३ हजार २९० जना शिक्षकहरूको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गरेको थियो ।

      आयोगले गएको वर्षमा नै ९ हजार ७६५ शिक्षक पदको लागि विज्ञापन समेत प्रकाशन गरेर सामान्य परीक्षाको नतिजा समेत प्रकाशन गरेको थियो । ति उम्मेद्वारहरूको चालु आर्थिक वर्षमा समेत छनौटको प्रकृया चलिरहेको छ

     

    images
    सोमवार, भाद्र २५ २०८००८:५७:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार