Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेशनल प्याब्सन काठमाडौंको सचिवमा सेढाईं र श्रेष्ठको उम्मेदवारी

नेशनल प्याब्सन काठमाडौंको सचिवमा सेढाईं र श्रेष्ठको उम्मेदवारी

  • 603
    SHARES

  • नेशनल प्याब्सन काठमाडौंको सचिवमा सेढाईं र श्रेष्ठको उम्मेदवारी

     भदौ, २६ गते काठमाडौ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिको सचिव पदमा रामबाबु सेढाई र राजन श्रेष्ठ (धरातल) दुई जनाले उम्मेदवारी दिने भएका छन। भदौ २७ गते हुने काठमाडौँ जिल्ला समितिको आठौँ अधिवेशनमा सेढाई र श्रेष्ठले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन।

    यससंगै सचिव पदमा दुई जनाको कडा प्रतिस्पर्धा हुने देखिएको छ। सचिव पद उम्मेद्बारी दिने दुबै जनाले तिब्र प्रचारप्रसार समेत शुरु गरेका छन। दुई जना मध्य सेढाई बाफल स्थित पिपल्स एकेडमिका प्रिन्सिपल हुन भने श्रेष्ठ चावेल चुच्चेपाटी स्थित मनास्लु वर्ल्ड कलेजका प्रिन्सिपल हुन।

    सचीव पदमा प्रतिस्पर्धा रहेका दुबै जनाले अग्रजहरुसँग समन्वय गर्दैे सङ्गठनलाई थप उचाइमा पुर्‍याउनको लागि स्थानीय समितिहरुको प्रभावकारी भूमिकालाई स्थापित गरी स्थानीय पालिका र नगर समितिसँगको साझेदारी कार्यक्रम सञ्चालन गर्दै सदस्य विद्यालयलाई सबल र सक्षमता पूर्वक सामूहिक अपनत्व हुने गरी काम गर्ने र निजी क्षेत्रको लगानीलाई सञ्चालक र विद्यालयमैत्री बनाई लगानी सुरक्षा र सम्बर्द्धन कार्यमा जस्तोसुकै मुल्य चुकाएर भए पनि नतिजामुखी काम गर्ने बताएका छन । दुबैजना उमेदवारहरुले मित्रवत प्रतिस्पर्धा गर्ने समेत बताएका छन।

    सचिव पदमा उम्मेद्बारी दिने रामबाबु सेढाई

    Screenshot_20230912-140236_Chrome.jpg

    सातौं अधिवेशनबाट सह-सचिव पदमा निर्वाचित सेढाई विभिन्न संघ-संस्थामा आवद्ध भई कार्य गरिरहेका छन् । धार्मिक एवं सामाजिक व्यक्तित्व Centre for Academic Development (CAD, Nepal) का पूर्व अध्यक्ष सेढाई श्रीकृष्ण प्रणामी सेवा समिति, नेपाल काठमाण्डौ जिल्ला अध्यक्ष पनि हुनुहुन्छ ।

    विगत २७ बर्षदेखि शैक्षिक क्षेत्रमा आवद्ध रहि १७ बर्षदेखि नेशनल प्याबसनका विभिन्न पदमा बसी कार्य गर्नु भएका सेढाई अति शालिन भद्र व्यक्ति भनेर शिक्षा क्षेत्रमा परिचित हुनुहुन्छ ।नेशनल प्याब्सन नागार्जुनका संस्थापक समेत रहनुभएका सेढाई समाजमा व्याप्त शैक्षिक अराजकता, विद्यार्थीहरूमा घट्दै गईरहेको नैतिकता आचरणमा सुधार गर्दै संस्थागत विद्यालयहरूलाई व्यवस्थित र राष्ट्रप्रति इमान्दार भई बढ्न र बढाउन पनि उहाँको उम्मेदवारी आवश्यक रहेको भन्दै आफूलाई सचिव पदमा जिताउन अपिल गर्नु भएको छ ।

    सचिव पदमा उम्मेद्बारी दिने रामबाबु राजन श्रेष्ठ

    FB_IMG_1693538474935.jpg

    काठमाडौं जिल्ला समितिमा २ कार्यकाल कार्यसमिति सदस्य भएर काम गरिसकेका श्रेष्ठ बर्तमान कार्यसमितिमा सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख भएर काम गरिरहेका छन। उनले यस अगाडिको कार्यकालमा स्वास्थ्य विभाग प्रमुखको कार्यभार सम्हाली सकेका छन।

    नेशनल प्याब्सनका हरेक कार्यक्रम तथा गतिविधिमा सक्रिय सहभागी हुने श्रेष्ठ मनास्लु वर्ल्ड स्कुल तथा कलेजको प्रिन्सिपल समेत हुन् । उनले हाल अँग्रेजीमा एमफिल सकेर पिएचडी गर्दैछन।

     

    images
    मंगलवार, भाद्र २६ २०८००२:२०:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार