मंगलवार, भाद्र २६ २०८०
भदौ, २६ काठमाडौ । काठमाडौ महानगरपालिका शिक्षा बिभागले सुन्दर विद्यालय परियोजनाका लागि माग पेश गर्न बिद्यालयलाई अनुरोध गरेको छ। गत भदौ २४ गते महानगरभित्रका सबै बिद्यालयहरुलाइ पत्र पठाउदै गर्दै यस्तो अनुरोध गरेको हो।
काठमाडौ महानगरको आर्थी बर्ष २०८०/८१ को स्वोर्णिम योजना सुन्दर विद्यालय परियोजना अन्तर्गत सबै बिद्यालयहरुमा सरसफाइ एबंम सौन्दर्यता कायम गर्ने उदेश्यले बिद्यालयको वास्तविक आवस्यकता पहिचान गर्नुपर्ने भएकोले सवै सामुदायिक बिद्यालयहरुले आवस्यकताको प्राथमिकताका आधारमा मिति २०८० असोज ३ गते भित्र स्रोत ब्यक्ति मार्फत महानगर शिक्षा बिभागमा पेश गर्न अनुरोध गरेको छ।
