बुधवार, भाद्र २७ २०८०
भदौ, २६ काठमाडौं। ‘विद्यालय शिक्षा विधेयक २०८०’ संघीय संसदमा दर्ता भएको छ । शिक्षा मन्त्री आशोक राईको हस्ताक्षर पश्चात बिधेयक आज संसद सचिवालयमा दर्ता भएको हो ।
आज शिक्षामन्त्री अशोक राईसँग शिक्षक संगठनहरुसँग गरिएको छलफलमा हस्ताक्षर गरेर संसदमा विधेयक पेश गरिएको जानकारि दिएको विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए ।
स्रोतका अनुसार आज संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा कक्षा १० को परीक्षा स्कुलले नै सन्चालन गर्ने बताइएको छ ।
त्यसैगरी ‘यो ऐन प्रारम्भ भएपछि सार्वजनिक विद्यालयको स्थापना र सञ्चालन स्थानीय तहले गर्नेछ ।’

शिक्षक बन्न कम्तीमा स्नातक ३५ वर्ष उमेरहद कायम गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ खुल्ने निजी विद्यालय शैक्षिक गुठीमा दर्ता गर्ने प्रस्ताव गरेको छ ।
मन्त्रालयले संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको दफा ४ को १ मा भनिएको छ, ‘यो ऐन प्रारम्भ भएपछि निजी लगानीको विद्यालय शैक्षिक गुठीअन्तर्गत स्थापना र सञ्चालन हुनेछ ।’ सामाजिक, धार्मिक वा कल्याणकारी संस्थाले मुनाफा नलिने उद्देश्य राखी विद्यालय सञ्चालन गर्न चाहेमा स्थानीय तहमा दर्ता गरी सार्वजनिक शैक्षिक गुठी अन्तर्गत विद्यालय स्थापना र सञ्चालन गर्न सक्ने प्रस्ताव विधेयकमा गरिएको छ ।
कम्पनीमा सञ्चालनमा रहेका संस्थागत विद्यालय यो ऐन प्रारम्भ भएपछि शैक्षिक गुठीका रूपमा रुपान्तरण गरी सञ्चालन गर्न सकिने व्यवस्था विधेयकमा राखिएको छ । सञ्चालनमा रहेका कम्पनीअन्तर्गतका विद्यालय आउन चाहेमा गुठीमा आउन सक्ने छन् । कम्पनीमै बस्न चाहेमा पनि पाउने छन् । शैक्षिक गुठीका रूपमा रुपान्तरण गर्नुअघि त्यस्तो संस्थागत विद्यालयले दायित्व फरफारक गर्नुपर्ने हुन्छ ।
निजी गुठीका रूपमा सञ्चालित विद्यालय सार्वजनिक शैक्षिक गुठीका रूपमा रुपान्तरण गरी सञ्चालन गर्न सकिने पनि विधेयकमा प्रस्ताव गरिएको छ । शैक्षिक गुठीमा रुपान्तरण हुने विद्यालयलाई प्रोत्साहन गर्न आवश्यक छुट तथा सुविधा दिन सकिने प्रावधान विधेयकमा राखिएको छ। विद्यालयको स्थापना र कक्षा थपको स्वीकृति प्रदान गर्दा स्थानीय तहले तोकिए बमोजिमको धरौटी माग गर्नुपर्ने व्यवस्था विधेयकमा राखिएको छ ।

यसअघि भदौं २१ बिहिबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा ऐन विधेयक संसदमा पेश गर्ने निर्णय गरेको थियो ।
Chick here : शिक्षा ऐन संशोधन विधेयक संसद्मा दर्ता (सरकारले संसद्मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयक) PDF- 