Jul 27 2026 | २०८३, श्रावण ११ गते

एनप्याब्सन काठमाडौको आठौ जिल्ला अधिवेशन सम्पन्न: अध्यक्षमा अमृत खड्का निर्वाचित

एनप्याब्सन काठमाडौको आठौ जिल्ला अधिवेशन सम्पन्न: अध्यक्षमा अमृत खड्का निर्वाचित

  • 534
    SHARES

  • एनप्याब्सन काठमाडौको आठौ जिल्ला अधिवेशन सम्पन्न: अध्यक्षमा अमृत खड्का निर्वाचित

    भदौ, २८ काठमाडौ । राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल ( नेशनल प्याब्सन) काठमाडौ जिल्लाको आठौ अधिवेशन सम्पन्न भएको छ। बुधबार काठमाडौको सोल्टी होटेलमा उद्घाटन भएको अधिवेशनले अध्यक्षमा अमृत खड्कालाई निर्विरोध निर्वाचित गरेकोछ।

    20230913_200011.jpg

    बिगत लामो समय देखि एनब्याब्सन काठमाडौ महानगर र जिल्लामा बिभिन्न तहमा जिम्मेवारी सम्हालेका खड्का कागेश्वरी मनोहरा नगरपालिकामा अवस्थित भिमेश्वर एकेडेमीका संस्थापक प्रिन्सिपल हुहुनुहुन्छ।

    आठौ जिल्ला अधिवेशन उद्घाटन शत्रमा तत्कालीन अध्यक्ष खडक बहादुर बस्नेतले सभापतित्व गर्नुभयो । त्यस्तै प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, विशेष अतिथी संगठनका सुवास न्यौपाने, अध्यक्ष पाण्डव हमाल लगाएत केन्द्रिय पदाधिकारीहरु, प्रदेश र जिल्ला तथा विभिन्न नगरका प्रमुखहरुको उपस्थिती रहेको थियो। अधिवेशनमा २०८ जना प्रतिनिधि परिवेक्षकहरुको उपस्थिती रहेको थियो।

    20230913_130905.jpg

    अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथी गोपालमान श्रेष्ठले निजि क्षेत्रले शिक्षामा गरेको योगदानको कदर गर्नुपर्ने भन्दै उनिहरुको लगानी सुरक्षाको ग्यारेन्टी राज्यले लिनुपर्ने बताउनुभयो। कुनैबेला माध्यमिक शिक्षा पढ्न भारतका विभिन्न स्कुल जानुपर्ने बाध्यताको अन्त्य निजि स्कुल कलेजले गरेको भन्दै अवको दिनहरुमा श्रम र सिपमुलक शिक्षामा जिड दिनुपर्ने धारणा ब्यक्त गर्नुभयो।

    अधिवेशन कार्यक्रममा एनप्याब्सनका केन्द्रिय अध्यक्ष पाण्डव हमाल, सह-अध्यक्ष सुवास न्यौपाने लगाएतले शुभकामना मन्तव्य दिनुभयो। अधिवेशन उद्घाटन कार्यक्रमको संचालन नवनिर्वाचित अध्यक्ष अमृत खड्काले गर्नुभयो भने बन्दशत्रमा केन्द्रीय उपाध्यक्ष तथा अध्यक्ष मण्डलको अध्यक्ष सुवोध डाँगिले कार्यक्रम संचालन गर्नुभयो।

    निकै बौद्धिक र प्रखर व्यक्तिको रुपमा चिनिने खड्काको नेतृत्वमा २५ सदस्यीय समिति गठन भएको छ।

    नेशनल प्याब्सन काठमाडौ जिल्लाको आठौ अधिवेशनबाट निर्वाचित कमिटी यस्तो रहेको छ।

    अध्यक्ष : अमृत खडका

    उपाध्यक्षहरु :

    होम बहादुर अधिकारी (मनोज)

    समीर बास्तोला

    बिनय श्रेष्ठ 

    सचिव: रामबाबु सेढाई

    सहसचिव : शिवराम गिरि

    कोषाध्यक्ष : राजन श्रेष्ठ

    सह-कोषाध्यक्ष : टंक बहादुर थापा

    प्राप्ती मल्ल

     

    images
    बिहिवार, भाद्र २८ २०८००८:२४:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार