Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल शिक्षक महासंघद्वारा असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द आव्हान

नेपाल शिक्षक महासंघद्वारा असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द आव्हान

  • 2.8K
    SHARES

  • नेपाल शिक्षक महासंघद्वारा असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द आव्हान

    भदौ, २८ काठमाडौं । नेपाल शिक्षक महासंघले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक - २०८० प्रती आपत्ति जनाउदै असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द आव्हान गरेको छ। महासंघको बिहिवार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

    नेपाल शिक्षक महासंघ र नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालय बिच भएको सहमति तथा आम नेपाल शिक्षक कर्मचारीका माग र हकहितको प्रतिकुल हुनेगरी बिधेयक दर्ता भएकोले सडक आन्दोलनमा जान बाध्य भएको बताइएको छ ।

    बिधेयकले स्थाइ, अस्थायी/करार राहत, साविक उमावी, शिक्षण सिकाइ अनुदान, बिशेष शिक्षा प्राबिधिक धार, र संस्थागत बिद्यालयका शिक्षक कर्मचारीका मुलभुत मुद्दालाई सम्बोधन नगरेको र ट्रेड युनियन अधिकार माथी अंकुश लगाएको तथा आम नेपाली शिक्षक कर्मचारीको पेशागत सम्मान र सुरक्षामा गंभिर संकट ल्याउने देखिएकोले असोज ३ गते देखि देशभरिका बिद्यालय बन्दगरी निर्णायक आन्दोलन गर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ।

    यस्तो छ बिज्ञप्ति

    FB_IMG_1694707361410.jpgFB_IMG_1694707363131.jpg

     

    images
    शुक्रवार, भाद्र २९ २०८००६:५५:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार