Jul 27 2026 | २०८३, श्रावण ११ गते

सामाजिक न्यायका लागि सामाजिक कानूनी शिक्षा सम्बन्धी अनुभव आदान-प्रदान कार्यक्रम उद्घाटन

सामाजिक न्यायका लागि सामाजिक कानूनी शिक्षा सम्बन्धी अनुभव आदान-प्रदान कार्यक्रम उद्घाटन

  • 624
    SHARES

  • सामाजिक न्यायका लागि सामाजिक कानूनी शिक्षा सम्बन्धी अनुभव आदान-प्रदान कार्यक्रम उद्घाटन

    भदौ, २९ सुर्खेत । मध्यपश्चिम बिश्वबिद्धालयले सामाजिक न्यायका लागि सामाजिक कानूनी शिक्षा सम्बन्धी अनुभव आदान-प्रदान कार्यक्रमको उद्घाटन गरेको छ। विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिहंज्यूको प्रमुख आतिथ्यता एवं नेपाल स्थित संयुक्त राष्ट्र संघका Resident Coordinator Ms. Hanaa Singer-Hamdy को विशेष आतिथ्यतामा ग्र्याजुएट स्कुल अफ ल द्वारा आयोजित उक्त कार्यक्रमको उद्घाटन भएको हो।

    FB_IMG_1694747908052.jpg

    उद्घाटन समारोहमा प्रमुख अतिथि एवं उपकुलपति प्रा. डा. नन्द बहादुर सिहंज्यूले सामाजिक न्यायका लागि सामाजिक कानूनी शिक्षा कार्यक्रम अन्तर्गत ग्र्याजुएट स्कुल अफ ल मा अध्ययनरत विद्यार्थीहरुले गरेको सकारात्मक कार्यको प्रशंसा गर्नुभएको थियो । उहाँले ग्र्याजुएट स्कुल अफ ल लाई अन्तरराष्ट्रिय स्तरको कानून अध्ययन-अध्यापन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने कुरामा आफु लागिपरेको र त्यसको लागि विभिन्न कार्यहरु अगाडी बढिसकेको समेत जानकारी दिनु भएको थियो । त्यस्तै कार्यक्रममा बोल्नुहुदै नेपाल स्थित संयुक्त राष्ट्र संघका Resident Coordinator Ms. Hanaa Singer-Hamdy ज्यूले सामाजिक न्यायको क्षेत्रमा ग्र्याजुएट स्कुल अफ ल तथा विद्यार्थीहरुले गरेको योगदानको उच्च मुल्यांकन गर्दै खुशी व्यक्त गर्नु भएको थियो ।

    FB_IMG_1694747902066.jpg

    कार्यक्रममा उपकुलपति प्रा. डा. नन्द बहादुर सिहंज्यू तथा Resident Coordinator Ms. Hanaa Singer-Hamdy ज्यूले ग्र्याजुएट स्कुल अफ लद्वारा प्रकाशित The Journal of Legal Studies को अनावरण समेत गर्नुभएको थियो । त्यस्तै ग्र्याजुएट स्कुल अफ ल का सह-प्राध्यापक विनय कुमार झाज्यूले सामाजिक न्यायका लागि सामाजिक कानूनी शिक्षा सम्बन्धी प्रस्तुतीकरण दिनुभएको थियो भने ग्र्याजुएट स्कुल अफ ल मा अध्ययनरत विद्यार्थीहरुले कानुन संग सम्बन्धित सामाजिक न्यायका लागि गरेका विभिन्न सकारात्मक प्रयास र कार्यहरुबारे अनुभव प्रस्तुत गरेका थिए ।

    मध्यपश्चिम विश्वविद्यालय, केन्द्रीय कार्यालय स्थित कन्फ्रेन्स हलमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता ग्र्याजुएट स्कुल अफ ल का निर्देशक सुरेन्द्र कुमार अधिकारीज्यूले गर्नु भएको थियो भने अतिथिको रुपमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पाैडेलज्यू, डीन सह-प्रा. डा. लीलाधर तिवारीज्यू, प्रिन्सिपल जस्बिर रोकाज्यू, UNDP कर्णाली प्रदेशका प्रमुख एवं Portfolio Manager टेक टमाटाज्यू, संयुक्त राष्ट्र संघका अन्य प्रतिनिधिज्यूहरु, ग्र्याजुएट स्कुल अफ ल का प्राध्यापक तथा विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

    FB_IMG_1694747912538.jpg

    नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP/A2J) को साझेदारीमा संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिबृधि परियोजना दोस्रो चरणको कार्यक्रम कर्णाली प्रदेशमा समेत संचालनमा रहेको छ भने सो अन्तर्गत मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ ल मा सामाजिक न्यायका लागि सामाजिक कानूनी शिक्षा कार्यक्रम संचालनमा रहेको छ । #मध्यपश्चिम बिश्वबिद्धालय 

     

    images
    शुक्रवार, भाद्र २९ २०८००९:२२:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार