Oct 02 2026 | २०८३, आश्विन १६ गते

बाल दिवसको अवसरमा सानद्वारा हिज्जे प्रतियोगिता आयोजना

बाल दिवसको अवसरमा सानद्वारा हिज्जे प्रतियोगिता आयोजना

  • 2.3K
    SHARES

  • बाल दिवसको अवसरमा सानद्वारा हिज्जे प्रतियोगिता आयोजना

    भदौ, २९ काठमाडौ । स्कुल एसोसिएसन अफ नेपाल (सान) ले बालबालिकाहरुबिच हिज्जे प्रतियोगिता (स्पेलिङ कन्टेस्ट) आयोजना गरेको छ। सानले राष्ट्रिय बाल दिवसको अवसरमा काठमाडौ महानगर वडा १३ बिजेश्वरिमा अवस्थित द सनसाइन स्कुल/कलेजमा अन्तर-बिद्यालय स्तरीय  कक्षा ५ देखि ७ सम्मका विद्यार्थीहरु बिच Spelling Contest प्रतियोगिता आयोजना गरेको हो।

    20230915_134246.jpg

    बि.सं. २०८० मा स्थापित भएको १८ बिद्यालय सदस्य रहेको School Association Of Nepal (SAN) ले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने विभिन्न क्रियाकलाप गर्दै आएको छ। Spelling Contest मा १२ वटा बिद्यालयका विद्यार्थीहरु सहभागी रहेका थिए भने SAN का सचिव तथा द सनसाइन स्कुलका प्रिन्सिपल बाबुराम गौतमले संयोजन गरेका थिए ।

    हिज्जे प्रतियोगीता उद्घाटन तथा पुरस्कार बितरण कार्यक्रम सानका अध्यक्ष तथा Little Climbers स्कुलका प्रिन्सिपल दिलिप रेग्मिको सभापतित्व भयो भने प्याब्सनका उपाध्यक्ष गोपाल आचार्य प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा सानका उपाध्यक्ष प्रकाश मरासिनी, सहसचिव रोशन घिमिरे, ग्लोबल भिजनका भाइस प्रिन्सिपल कृष्णप्रसाद उपाध्याय, सानका सल्लाहकार युवराज बस्ताकोटी लगाएत सहभागी स्कुलका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो। कार्यक्रम द सनसाइनका भाइस प्रिन्सिपल तेजप्रसाद भण्डारिले संचालन गरेका थिए।

    20230915_145104.jpg

    Spelling Contest मा लिट्ल क्लाइम्बर्स (Little Climbers) स्कुल १५६ अंक सहित प्रथम, ग्लोबल भिजन(Dlobal Vision) एकेडेमी १५० अंक सहित द्वितीय, प्रसिद्ध मोडेल (Prasiddha Model) स्कुलले १३५ अंक सहित तृतीय स्थान र न्यु क्रिएटिभ इङ्लिस (New Creative English) स्कुलले १३० अंक सहित चौथो स्थान हात पार्यो। सहभागी बिद्यालयहरु मध्य पहिलो पहिलो, तेस्रो र चौथो स्थान्हाँसिल गर्ने बिद्यालयलाई ट्रफी मेडल र प्रमाणपत्र बितरण गरिएको थियो भने अन्य बिद्यालयका विद्यार्थीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो।

    प्रतियोगितामा प्रमुख अतिथिको रुपमा सहभागी भएका प्याब्सन उपाध्यक्ष गोपालाचार्यले विद्यार्थीहरुको लुकेका प्रतिभाहरुला प्रस्फुटित गर्ने उदेश्यले गरिएको कार्यक्रमको बारे प्रशंसा गरे। उनले आजको युगका विद्यार्थीहरु देशमामात्रै नभई बिदेशमा समेत प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएकोले विद्यार्थीहरुले आफू संग भएको प्रतिभालाई देखाउन त्यस्ता अवसरहरु छुट्याउन नहुने धारणा ब्यक्त गरे।

    कार्यक्रमको अन्त्यमा सभापति तथा सानका अध्यक्ष रेग्मिले सहभागी विद्यार्थीहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरे।

    FB_IMG_1694786152291.jpgFB_IMG_1694786161647.jpg

     

     

    images
    शुक्रवार, भाद्र २९ २०८००८:२३:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार