आइतवार, भाद्र ३१ २०८०
भदौ, ३१ काठमाडौ । एड-मार्क एकेडेमीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ। काठमाडौको कलंकिमा अवस्थित एड-मार्क स्कुल/कलेजले शनिवार एक कार्यक्रमका बिच विद्यार्थीहरुलाई स्वागत गरेको हो।

स्वागत कार्यक्रममा एडमार्क स्कुल तथा कलेजका अध्यक्ष पुरुषोत्तम अधिकारिको सभापतित्वमा सम्पन्न भयो। अतिथिको रुपमा प्राचार्य शिवप्रसाद अधिकारी, सह-प्राचार्य प्रकाश लम्साल, संयोजक (Cordinator) बलराम गैरे, परीक्षा संयोजक माधव प्रसाद उप्रेती, प्रशासकीय अधिकृत दिपक अधिकारी लगाएत शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

स्वागत कार्यक्रममा कक्षा १२ का विद्यार्थी सुलोचना मारासिनीले स्वागत मन्तव्य दिइन । उक्त कार्यक्रममा प्राचार्य शिवप्रसाद अधिकारिले विद्यार्थीगरुलाई उत्प्रेरक मन्तव्य दिँदै स्वागत गर्नुभयो। आफ्नो लक्ष्य र उदेश्य पुरा गर्न जिम्मेवारीपुर्वक अध्ययनलाई अगाडि बढाउँदै विद्यार्थीहरुले कठिन मिहेनत गरेर मात्रै सार्थकता प्राप्त गर्न सकिने प्राचार्य अधिकारीले बताउनुभयो ।

त्यसैगरी एडमार्क एकेडमीका अध्यक्ष तथा कार्यक्रमका सभापति पुरुषोत्तम अधिकारिले अभिभावकहरुको सपना पूरा गर्न विद्यार्थीहरुको कठिन मिहेनत र लगनशिलताले कलेज यो अवस्थामा आएको भन्दै कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरु पनि पठनपाठनमा ध्यान दिई अभिभावक र आफू पढेको कलेजको गरिमा बढाउने बिश्वास ब्यक्त गर्नुभयो।

स्वागत कार्यक्रममा विद्यार्थीहरुले विभिन्न संस्कृतिक नृत्य, गायन तथा प्रहसनहरु प्रस्तुत गरेर आफ्नो प्रतिभाहरुको प्रस्फुटन गरेको थिए। त्यस्तै स्वागत कार्यक्रममा फूटसल खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो।







