Jul 27 2026 | २०८३, श्रावण ११ गते

कुलेश्वर आवास बिद्यालयद्वारा विद्यार्थीहरुलाई स्वागत तथा बिदाई

कुलेश्वर आवास बिद्यालयद्वारा विद्यार्थीहरुलाई स्वागत तथा बिदाई

  • 992
    SHARES

  • कुलेश्वर आवास बिद्यालयद्वारा विद्यार्थीहरुलाई स्वागत तथा बिदाई

    भदौ, ३१ काठमाडौ । कुलेश्वर आवास बिद्यालयद्वारा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास गरेका विद्यार्थीलाई बिदाई कार्यक्रम गरेको छ। शनिवार एक भव्य कार्यक्रमका बिच स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रम औपचारिक र अनौपचारिक दुई सत्रमा सम्पन्न भएको थियो।

    FB_IMG_1694957067971.jpg

    स्वागत तथा बिदाई कार्यक्रममा औपचारिक सत्रमा शिक्षा बिकास तथा समन्वय एकाइ प्रमुख तथा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष नन्दलाल पौडेल सभापति रहनुभयो। भने प्रमुख अतिथि कल्पना धमला (पुर्व बिज्ञान तथा प्रविधि मन्त्री), बिशेष अतिथि भेषनारायण दाहल, स्कुल प्रिन्सिप तथा क्याम्पस प्रमुख मेघराज दुलाल, स्कुल कोर्डिनेटर तथा सहायक क्याम्पस प्रमुख प्रकाश भण्डारि, स्कुल भाइस प्रिन्सिपल सुरेश सुवेदी लगाएत बिभागिय प्रमुख र शिक्षक कर्मचारीहरुको उपस्थिती रहेको थियो।

    FB_IMG_1694957035247.jpg

    कार्यक्रममा स्कुल कोर्डिनेटर तथा क्याम्पस सहायक प्रमुख प्रकाश भण्डारीले स्वागत मन्तव्य दिनुभयो। उहाँले आजको विद्यार्थीहरु भोलिको देश निर्माण गर्ने जनशक्ति भएकोले कुलेश्वर आवासमा अध्ययन गर्न आउनुभएका विद्यार्थी भाइबहिनीहरुलाइ त्यो हैसियतमा पुर्‍याउन स्कुलले मिहेनत गर्ने बताउनुभयो। उहाँले तपाईंले समयको ब्यबस्थापन गरि आफ्नो अध्यायन र अन्य रचनात्मक क्रियाकलापमा सहभागी भइ आफ्नो र अभिभावकको सपना पुरागर्न समर्पित हुनुपर्ने बताउनुभयो।

    कार्यक्रममा प्रमुख अतिथी कल्पना धमला (पुर्व बिज्ञान तथा प्रविधि मन्त्री) ले सामुदायिक स्तरमा रहेको बिद्यालयको कक्षा १० र १२ को अन्तिम नतिजा अत्यन्तै राम्रो आएको भन्दै बिद्यालयले गरेको उत्कृष्ट कार्यको प्रशंसा गर्नुभयो। साथै विद्यार्थीहरुलाई अनुशासित र जिम्मेवार ढंगले पढ्न सुझाव दिनुभयो।

    FB_IMG_1694957018741.jpg

    त्यसैगरी कार्यक्रममा स्कुल प्रिन्सिपल तथा क्याम्पस प्रमुख मेघराज दुलालले विद्यार्थीहरु कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाइ स्वागत गर्दै कक्षा १२ पास भएका विद्यार्थीहरुलाई क्याम्पसमा कम्प्युटर बिज्ञान BIT पढ्न चाहने विद्यार्थीहरुलाइ स्वागत गर्न आतुर रहेको बताउनु भयो। अनुशाशन विद्यार्थीहरुको प्रमुख गहना भएको भन्दै विद्यार्थीहरुले पढ्ने कुरामा अत्यन्तै ध्यानदिनुपर्ने बताउनुभयो।

    औपचारिक कार्यक्रमको समापनको क्रममा शिक्षा बिकास तथा समन्वय एकाइ प्रमुख तथा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष नन्दलाल पौडेलले बिद्यालयले प्रतेक बर्ष अत्यन्तै उत्कृष्ट नतिजा दिइरहेको भन्दै यसलाइ अझ ब्यबस्थित र शिक्षण सिकाइ क्रियाकलापलाई अझै सकृय बनाउने धारणा ब्यक्त गर्नुभयो। उहाँले बिद्यालयमा बिश्वबिद्धालय तहको कार्यक्रम थपिएको कार्यले थप जिम्मेवार बनाएको धारणा ब्यक्त गर्नुभयो।

    FB_IMG_1694957015999.jpg

    स्वागत तथा बिदाइ कार्यक्रममा कक्षा १२ (२०७९) को अन्तिम परिक्षामा ३.८१ जिपिए ल्याउने छात्र इभान र ३.७० जिपिए ल्याउने छात्र प्रतिका थापा सहित अन्य उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई बिशेष सम्मान सहित प्रमाणपत्र तथा मायाको चिनो दिएर सम्मान गरिएको थियो।

    उक्त कार्यक्रमको अनौपचारिक सत्रमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य तथा गायन मार्फत आफूसंग भएका प्रतिभाहरु प्रस्फुटन गर्दै मनोरञ्जन गरेका थिए। कार्यक्रम स्कुल तथा

    FB_IMG_1694957021551.jpg20230916_150013.jpg20230916_145348.jpg क्याम्पसका अंग्रेजी शिक्षक पृथ्वी मगरले संचालन गर्नुभयो।

     

    images
    आइतवार, भाद्र ३१ २०८००७:४०:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार