Jul 27 2026 | २०८३, श्रावण ११ गते

उपत्यकाव्यापी नेशनल मोडेल शिक्षक भलिबल ट्रफी मनास्लु स्कुललाई

उपत्यकाव्यापी नेशनल मोडेल शिक्षक भलिबल ट्रफी मनास्लु स्कुललाई

  • 3.3K
    SHARES

  • उपत्यकाव्यापी नेशनल मोडेल शिक्षक भलिबल ट्रफी मनास्लु स्कुललाई

    असोज, ३ काठमाडौ । उपत्यकाव्यापी नेशनल मोडेल शिक्षक भलिबल प्रतियोगिता- २०८० को ट्रफी मनास्लु स्कुलले हात पारेको छ। 'स्वास्थ्यका लागि खेल र शिक्षाका लागी खेल' भन्ने मुल नाराका साथ नेशनल मोडेल स्कुलको आयोजनामा दोस्रो उपत्यकाब्यापी शिक्षक भलिबल प्रतियोगितामा नयाँबजारमा अवस्थित मनास्लु पब्लिक सेकेन्डरी स्कुल बिजेता बनेको हो।

    FB_IMG_1695203435673.jpg

    मनास्लु पब्लिक स्कुल/कलेजले आयोजक नेशनल मोडेल सेकेण्डरी स्कुललाई ४-१ को सेटमा हराउँदै ट्रफी उचाल्यो। त्यस्तै प्रतियोगितामा आयोजक नेशनल मोडेल स्कुल द्वितीय र गिताञ्जली स्कुलले तृतीय स्थान हात पारे। यस संगै प्रथम हुने मनास्लु स्कुलले खसी, द्वितीय हुनेले बोका र तृतीय स्थान हात पार्नेले एक जोडि कुखुराको भाले सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन।

    FB_IMG_1695203430007.jpg

    20230920_113157.jpg

    भलिबल प्रतियोगितामा उपत्यका भरिबाट १४ टिम सहभागी रहेका थिए। खेल १ गते देखि शुरु भई आज ३ गते सम्पन्न भएको छ। खेलको अन्तिम दिन सेमिफाइनलका ४ वटा टिमको खेल भएको थियो।

    FB_IMG_1695036913533.jpg

    समापन कार्यक्रम स्कुलका प्रिन्सिपल डि.एन. अधिकारीको सभापतित्वमा सम्पन्न भयो। त्यस्तै प्रमुख अतिथि प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल प्रसाद आचार्यले पुरस्कार बितरण गरे। कार्यक्रम नेशनल स्कुलका आर्थिक बिभाग प्रमुख दोर्णबहादुर अधिकारीले संचालन गर्नुभयो । कार्यक्रममा मनास्लु स्कुलका प्रिन्सिपल जेबि दवाडी लगाएत विभिन्न स्कुल कलेजका प्रिन्सिपल, कोर्डिनेटर लगाएत ब्याक्तित्वहरुको उपस्थिती रहेको थियो।

    20230920_111156.jpg

    समापन कार्यक्रममा स्कुलका प्रिन्सिपल डि.एन. अधिकारीले नेपालको राष्ट्रिय खेल भलिबलको बिकास गर्न राष्ट्रियताको भावना अभिवृद्धि गराउन र विभिन्न शैक्षिक संस्था र शिक्षकहरु बिच एकता, मित्रता र सहकार्यको भावनालाई मजबुत बनाउने उदेश्यले उक्त भलिबल प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।

    20230920_093231.jpg

    खेलमा हाल स्कुलमा पढाई रहेका शिक्षकहरु (Marker Teacher) मात्रै सहभागी रहेका थिए। प्रतियोगितामा प्रथम चरणका खेल League Cum Knockout का आधारमा Best of Three अनुसार खेलाइएको थियो भने सेमिफाइनल र फाइनल चरणका खेलहरु Best of Five अनुसार खेलाइएको थियो।

    खेल भलिबलका राष्ट्रिय रेफ्री असोक काजी थापा, किशोर बिष्ट, शान्ती गुरुङ र हेम छन्तेलले खेलाए।

    FB_IMG_1695225650916.jpgFB_IMG_1695262498618.jpg

    FB_IMG_1695209199520.jpg

     

    images
    बुधवार, आश्विन ३ २०८००५:५०:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार