बुधवार, आश्विन ३ २०८०
असोज ३ काठमाडौ । देशभरी सामुदायिक बिद्यालयका शिक्षक काठमाडौ केन्दित आन्दोलन छन। प्रस्तावित बिद्यालय शिक्षा ऐन- २०८० विरुद्ध र पेशागत हक हितकालागी १८ बुदे माग सहित काठमाडौमा आन्दोलन गर्न आएका शिक्षक र काठमाडौ महानगरपालिकाको भने जुहारी परेको छ।
काठमाडौ महानगरपालिकाले बिद्यालय बन्द गरे कार्बाही गर्ने भनी बिज्ञप्ति जारी गरेलगत्तै महानगर र काठमाडौ जिल्लाभरीका प्रधानाध्यापकहरुले संयुक्त छलफलगरि महानगरको निर्णय नमान्ने बरु आन्दोलनमै हाजिरी गर्ने निर्णय गरेका छन।
विद्यालय बन्द गरेमा वा बन्द गर्न बाध्य गरेमा वा पठनपाठन बन्द गरी विद्यार्थीको नियमित अध्ययन गर्न पाउने अधिकारको हनन् गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने र यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित व्यक्ति नै हुने चेतावनी नेपाल सरकारको २०६८ जेठ ११ गतेको निर्णयानुसार विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ को बुँदा न ६।२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलाप नभएको हुनुपर्ने व्यवस्था गरेको काठमाडौ महानगरले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
यद्यपि काठमाडौ महानगरपालिकाभित्र कार्यरत प्रधानाध्यापकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघको आव्हानमा भइरहेको आन्दोलनमा ऐकवद्धता सहित माइतिघर मण्डलामा नियमित हाजिर हुनेगरी सम्पूर्ण शिक्षक कर्मचारीलाई उपस्थित हुन निर्देशन दिएका छन् ।

