Jul 28 2026 | २०८३, श्रावण १२ गते

वार्तामा बसे शिक्षक : आन्दोलन जारी रहने।

वार्तामा बसे शिक्षक : आन्दोलन जारी रहने।

  • 519
    SHARES

  • वार्तामा बसे शिक्षक : आन्दोलन जारी रहने।

    असोज ४ काठमाडौं । नेपाल सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता भइरहेको छ। बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका शिक्षकहरू आज भने गृह मन्त्रालयमा वार्तामा बसेका छन् । यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षकहरु वार्तामा बसेका थिएनन् ।

    उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु बिहान आठ बजेदेखि वार्तामा सहभागी छन् ।

    वार्तामा शिक्षकहरुका मागबारे छलफल भइरहेको छ । विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले विद्यालय बन्द गरी बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् ।

    बार्ता भएपनी आन्दोलन भने जारी राख्ने बताएका छन।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार