बिहिवार, आश्विन ४ २०८०
असोज, ४ गते काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले SEE -२०७९ को ग्रेड वृद्धि परिक्षाको नतिजा प्रकाशित गरेको छ। परीक्षा नियन्त्रण कार्यलय कक्षा १० सानोठिमी द्वारा मिति २०८० साउन २६ र २७ गते संचालन गरेको परिक्षाको नतिजा प्रकाशित गरेको हो।
ग्रेड वृद्धि परिक्षामा १ लाख १३ हजार ३१४ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये १ जना विद्यार्थीको परीक्षा रद्द गरिएको थियो।
बोर्डका अनुसार परिक्षाको नतिजा हेर्न www.neb.gov.np राष्ट्रिय परिक्षा बोर्ड पनिका कक्षा १० को वेबसाईट see.gov.np र नेपाल टेलिकमको http://neb.ntc.net.np मा गएर हेर्न सकिने छ भने SMS र IVR सेवाको प्रयोग हुने सर्ट कोड १६०० रहेको छ।
